वीरगंज | सप्तरीमा घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको मृत्यु भएकाे छ ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको शनिबार जलेर मृत्यु भएकाे हाे ।
घुर ताप्ने क्रममा लुगामा आगाे सल्किएपछि घाइते भएकी उनकाे राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।