बारा । बारामा १३ वर्षीया बालिका लाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो। जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ का ३० वर्षीय अकाश मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
उनले १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप छ ।
प्रहरीले किटानी जाहेरीका आधारमा मण्डललाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।