वीरगंज | घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका प्रमुख जितेन्द्र किशोर गुप्तालाई एक कार्यक्रमबीच सम्मान सहित विदाई गरिएको छ ।
घरेलु कार्यालयको प्रमुख पदमा रही सार्वजनिक सेवा प्रवाहमा जनमुखी एवं सुशासनमैत्री सेवा प्रवाह गरी पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै सामाजिक विकास केन्द्र नेपालले गुप्तालाई मधेश सान र पहिचानको प्रतिकको रुपमा रहेको गमछा ओढाएर कदरपत्र र नगदसहित ससम्मान विदाई गरेको हो।
सामाजिक विकास केन्द्र नेपालका अध्यक्ष बिरेन्द्र कुमार गुप्ताकोअध्यक्षता एवं जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको विदाई तथा सम्मान समारोहमा उपस्थित भएका अतिथिहरुले घरेलु प्रमुख गुप्ताको सरल, सहज, प्रभावकारी तथा जनमैत्री सेवाप्रवाहको कार्यकालको प्रशंसा गरेका थिए ।
विदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसस प्रमुख सिंहले गुप्ता जस्तो काम प्रतिको लगनशील कर्मचारी छुट्टिदाँ कमि महसुस हुन थालेको बताए ।
कार्यक्रममा समाजसेवी एवं व्यापारी संजय गुप्ता”सुगन्ध”,सफलता कोंचिङ्गका संचालक सुरेश दास, विभिन्न कार्यालयका