वीरगंज । स्कुल अफ ल अनुसन्धान विभाग द्वरा आयोजत १० दिने मधेश नृजातिवर्णन अनुसन्धान कार्यक्रमको आयोजना भएको छ।सो कार्यक्रमलाई काठमाण्डौं स्कुल अफ लका कर्यकारी निर्देशक एवम् पुर्व महान्यायाधिवक्ता युवराज संग्रौला आफै नेतृत्व गरेर आउनु भएको छ।यस कार्यक्रममा मधेश विश्वविद्यालय संग सहकार्य गरेर मधेश विश्वविद्यालयका केही विद्यार्थी समेत सहभागी गराएको छ।मधेशको दुई जिल्ला बारा र पर्सा अध्ययन स्थल रहेको छ।
यस कार्यक्रमको मुख्य उद्देश्य मधेशमा रहेको दाईजो,वालविवाह,शिक्षा कृषि लगायत मधेशको वेतिथी,विसघति,तथा विभिन्न समस्या अवलोकन गर्ने कार्यक्रम रहेको छ।मधेश प्रदेशका दुई जिल्ला बारा र पर्साको जम्मा १७ वटा स्थानीय तहमा गएर स्थलगत अनुसन्धान र अनुगमन गर्न कार्यक्रम रहेको छ भने त्यस कार्यक्रमका एक अनुसन्धानकर्ता मनिस मण्डलले जानकारी गराएको छ।
निर्देशक संग्रौला संग विरगंज संजालको कुरा हुँदा यो कार्यक्रम सुरु गरेको ६ दिन भयो।मधेसमा शितलहर छ। गरीबको जीवन पिडादायी छ्न। गरीब बालबालिका नाङ्गा खुट्टा र पातला कपडामा पाखुर बांधेर बसेका छ्न। आंगनमा धुंवाधुनी छ। दिउसो पनि लाम्खुट्टेको रैदलो छ। मेरा लागि यो नौलो होइन, तर काठमाडौमा हुर्केका नंया मधेशी पहाडी दुबै पुस्तालाई नंया कुरा हो।
१. ऐलेको शिक्षामा देश बुझ्ने पाठ छैनन, देश देखाउने त कुरा परको हो।
२. कृषि धारासायी छ। सरकार अन्धकारमा निदाएको छ। एउटा किसानले एक कठ्ठा जमिनमा गंहु१०० किलो उत्पादन गर्न २५०० खर्च गर्छ, उस्ले बेच्ने ३०००/३५०० मा हो। श्रमको मुल्य छैन।
३. स्तरहिन शिक्षाले केही सिकाउदैन।
३. “हरित बाली र एक झड्प मा परीवर्तन” का दुई वटा सुइ दिन सके देश बांच्छ। मधेस पहाड दुबैतिरको समग्र अवस्था हेर्दा “राज्य ब्यवस्था” एउटा पात पहेंलिएको हांगा मर्न थालेको रुख जस्तै छ। तर पनि यो मेरो घर हो। यस्को रगत चुस्ने किर्नाहरुका विरुद्ध बोल्नै पर्छ।
यो कार्यक्रमले ईतिहासलाई अध्ययन गर्ने समेत जोडिएको छ।निर्देशक संग्रौला अनुसार सिम्रौनगढ नेपालको अघिल्लो इतिहासमा एउटा महत्वपुर्ण भुगोल र सभ्यता हो। एउटा द्स्ताबेजमा पढें, “आंशुवर्माको को राजसभामा” सेना प्रमुखले भनेछ “सिम्रनगौडले बिद्रोह गर्ने प्रयास गर्दैछ्न, दमन गर्नु पर्यो।” अंशुबर्माले भनेछ्न, “दमनले बिद्रोह रोक्दैन। वार्ता गर समस्या समाधान गर्न।” बिद्रोह भएन। समाधान भयो। तर जब बंगाली सुल्तानले हिंश्रक आक्रमण गरे, सिम्रनगौड सभ्यता तहस नहस भयो, राज्य भत्कीयो।
१. आज पनि सिम्रौनगौडको अवशेष स्वरुप यथावत छ। वरिपरि पर्खाल जस्तो जंगल छ। यो शहर तेस्बेला १४ कोशको बृतभित्र बनेको कुरा सर्बसामान्य मानिसलाई पनि थाह छ। तर आज त्यो वैवभको जगेर्ना गर्न जा्गर नेपाली साशकलाई छैन।
२. जमिनमा अतिक्रमण भएको छ।भोलि उत्खनन गर्नु पर्ने हुन्छ।
३. तर सरकारको यो क्षेत्रमा कुनै भुमिका छैन।
४. म मधेशमा छु। शीत लहर छ, मुटु छेड्ने जाडो छ। गरीब जनता भुषको आगो तापेर जीवन बांची रहेका छ्न। तर सरकार कतै छैन। नेता कतै छैन। काठमाडौलाई थाह छैन, मधेस पनि नेपाल हो। मधेशी जनता नेपाली हुन। उनिहरु नेपालको सिमाना रक्षा गरेर बसेका छ्न। बाराका उखु काटने श्रमिक भारतबाट आएका छ्न। बिरगन्जका उद्धोगमा नेपालीले काम गर्न पांउदैन।
५. मधेसमा गरीबले बांच्न सक्ने अवस्था छैन। मधेसी जनता पनि रास्ट्रबादी छ्न। तर सरकारलाई मधेशको शिक्षाको स्तरको कुनै सरोकार छैन। मधेसमा काउलीको दाम रु १० मात्र छ, काठमाडौमा रु ११० पर्छ। तरकारी बिक्दैन।
६. तराईलाई कम्जोर पारेर देश बांच्दैन।
मैले गाउँ गाउँ गएर देखेको छु। निलगाइले बाली खाइदिन्छ, तरकारी बिक्दैन, उखु बिक्दैन। गंहु एक कटठा रोप्पद २४०० खर्च लाग्छ, १०० किलो उत्पादन हुन्छ, ३५००मा बिक्छ। श्रमको मूल्य खोइ? युरीया रु ७०० मा पाउनु पर्ने किन किसान संङ्ग रु १००० लीएको। सिम्रौनगौडमा शिक्षकले श्रावण देखि तलव पाएका छैनन किन?
एक पल्ट प्रतेक काठमाडौका मानिसले मधेसका पीडा बुज्ने प्रयत्न गरौ।
यो सबै विषयलाई मध्यनजर गर्दै पढ्दै जादा पदाईका कुरा यसरी असल जिवनमा अनुसधानको क्रममा देखिरहदा वास्तविकता अनुभव भएको छ र अब कानुन बन्दा यस माथिका विषयलाई मध्यनजर गरेर छ्लफलका विषय बनाएर र प्रतिनिधि सभा सदस्यहरु संग अन्तरकृया गरेर कानुन बनियो भने कृषिमा किसानलाई र शिक्षामा विद्यार्थी र शिक्षकलाई साथै कहिले पनि सम्स्या आउदैन भने विद्यार्थी मनिस मण्डल,रितिक यादव,पारितोस साह,आविद हुसेन,आशुतोष गुप्ता लगायतका अनुसन्धानकर्ता विद्यार्थीहरुले जनाएको छ।