• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जेएन.वान’ का सङ्क्रमित, दुई जनामा पुष्टि

  • वीरगंज संजाल
  • २६ पुष २०८०, बिहीबार १९:१२
  • ११६१

    वीरगञ्ज । लामो समयपछि वीरगञ्ज नाकामा फेरि कोरोना सङ्क्रमित फेला पर्न थालेका छन् । नेपाल प्रवेश गर्ने देशकै मुख्य नाका वीरगञ्ज नाकामा सञ्चालित हेल्थ डेस्कमा भइरहेको परीक्षणमा पछिल्लो दुई दिनमा कोरोनाका दुई सङ्क्रमित फेला परेका हुन् । दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण भेटिएको हेल्थ डेस्क प्रमुख तथा वीरगञ्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताए । सङ्क्रमण पुष्टि हुनेमा एक जना नेपाली र एक जना भारतीय नागरिक रहेको जानकारी उनले दिए ।

    नेपाल–भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बिहीबार दिउँसोसम्म ४६ जनाको एन्टिजेन जाँच गर्दा तीमध्ये धादिङ जिल्ला घर भएका ५९ वर्षीय पुरुषमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको ठाकुरले बताए । उनी भारतको कलकत्ताबाट रेलको यात्रा गरेर नेपाल फर्कँदै थिए । यसअघि बुधवार पनि हेल्थ डेस्कमा ५५ जनाको एन्टिजेन जाँच गर्दा एक भारतीय नागरिकमा पनि कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको थियो । कलकत्ताबाटै रेलको यात्रा गरेर रक्सौल हुँदै काठमाडौँ घुम्न आएको भारतीय पर्यटकहरूको समूहमा रहेकाहरूको एन्टिजेन जाँच गर्दा कलकत्ता निवासी २५ वर्षीय युवकमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको ठाकुरले बताए ।

    बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएका धादिङका पुरुषलाई वीरगञ्जकै नारायणी अस्पतालको आइसोलेसन वार्डमा लगेर राखिएको जानकारी ठाकुरले दिए । सङ्क्रमण पुष्टि भएका भारतीय युवकलाई भने सोही दिन भारतीय प्रहरीको जिम्मा लगाएर नाकाबाट भारत फर्काइएको उनले बताए । सङ्क्रमण पुष्टि भएका दुवै जनाको स्वाब नमुना जिन सिक्वेन्सीङको लागि जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी पनि ठाकुरले दिए । वीरगञ्ज नाकामा चालु आर्थिक वर्षमा पहिलो पटक दुई जनामा कोरोनाको सङ्क्रमण भेटिएको ठाकुरले बताए । ठाकुरका अनुसार छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा कोरोनाको नयाँ भेरियन्ट जेएन.वानको सङ्क्रमण फैलिँदै गएपछि नेपाल प्रवेश गर्ने मुख्य स्थल नाका वीरगञ्जमा निगरानी बढाइएको छ ।

    कोरोना सङ्क्रमणको पहिलो लहरदेखि नै वीरगञ्ज नाकामा सञ्चालित हेल्थ डेस्कमा पुस महिना सुरु भएदेखि नै भारतबाट आउनेहरूको स्वास्थ्य जाँच गर्न थालिएको हो । भारतबाट रेल, बस र निजी सवारीमा लामो यात्रा गरेर आउनेहरूलाई वीरगञ्ज नाकामा हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूले परीक्षण गरेपछि मात्रै भित्रिन दिने गरेका छन् ।

    हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार भारतबाट लामो यात्रा गरेर आउनेहरूलाई नाकामा रोकेर सुरुमा स्क्रिनिङ गरिन्छ । त्यस क्रममा ज्वरो वा खोकीको लक्षण देखिएकाहरूको एन्टिजेन जाँच गरिन्छ । ठाकुरले भने, ‘भारतमा पुनः सङ्क्रमण बढेपछि नाकामा हामीले निगरानी र सतर्कता बढाएका छौँ । तर अहिलेसम्म दुई जनामा मात्र कोभिड पोजेटिभ भेटिएको छ ।’

    ‘भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा लामो यात्रा गरेर आउनेहरूको मात्र स्क्रिनिङ गर्ने गरिएको उनले बताए । स्क्रिनिङ गर्दा शंकास्पद लाग्यो भने उनिहरुको एन्टिजेन टेष्ट गर्ने गरेका छौँ,’ उनले थपे । तीन चारदिन यतादेखि भने हेल्थ डेस्कमा दैनिक २०० देखि २५० जनाको स्क्रिनिङ र ५० देखि ६० जनाको एन्टिेजन जाँच गर्दै आएको पनि उनले बताए ।

    नाकाको हेल्थ डेस्कमा दुई जना स्टाफ नर्स, तीन जना हेल्थ असिस्टेन्ट, दुई जना ल्याब टेक्निसियन र एक जना ल्याब असिस्टेण्ट गरी ८ जना स्वास्थ्यकर्मीको टोली कार्यरत रहेको जानकारी पनि उनले गराए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑