वीरगंज । राजन कुमार बानिया पर्साको सखुवाप्रसौनी गाउँपालिकाको १२ औं गाउँ सभा आज देखि शुरु भएको छ।सखुवाप्रसौ गाउँपालिकाको हिउदै गाउँ सभाको उद्घाटन गाउँपालिका अध्यक्ष जसवन्त यादवले पानसबतीमा दिप बालेर उद्घाटन गर्नु भएको थियोे ।
भोलि सम्म चलने गाउँ सभामा बजेट अर्धबार्षिक समीक्षा र २०८० र ८१ को बजेट संशोधन प्रस्तावमा छलफल गरिने कार्यक्रम रहेको गाउँपालिकाको प्रमुख प्रसाशकिय अधिकृत राजेश प्रसाद रौनियारले जनाए का छन।
गाउँ सभा कार्यक्रममा उपाध्यक्ष शर्मिला बिस्ट महतो,वडा अध्यक्ष बासदेव महतो थारु,चिरंजीबि महतो थारु,मोजामिल अन्सारी, आरिफ मियाँ ,अशेषर प्रसाद यादव,मुन्ना प्रसाद लगायत कार्यपालिका सदस्य ,गाउँपालिका सदस्य , गाउसभा सदस्य ,कर्मचारी लगायतको सहभागिता रहेको थियो ।