• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज बिन्दवासनी स्थित गोल्डेन ग्लोभ बोर्डिङ स्कूलका शिक्षक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीको नियन्त्रणमा

  • वीरगंज संजाल
  • २५ पुष २०८०, बुधबार १६:४४
  • ११४९

    वीरगञ्ज । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाको – १९ स्थित गोल्डेन ग्लोभ बोर्डिङ स्कूलका शिक्षक शशि यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शिक्षक यादवको कुटपिटबाट गोल्डेन गल्ब स्कुलका कक्षा ३ का एक विद्यार्थी घाइते भएका छन् । घाइते विद्यार्थीको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनको आँखा र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

    घाइते विद्यार्थीका बुवाका अनुसार विद्यालयमा दुई दिन अनुपस्थित भएको भन्दै यादवले उनीमाथि कुटपिट गरेका थिए । उनले भने “बिरामी भएपछि छोरा दुई दिनसम्म विद्यालय जान सकेको थिएन । त्यसकै निहुँमा शिक्षक शशी यादवले चौथो घण्टीमा छोरालाई पाइपले कुटपिट गर्दै घाइते बनाएका छन् । छोरा घाइते भएपछि विद्यालयले उसको प्राथमिक उपचार समेत गरेन ।’ बहुदरमाई नगरपालिका – ६ गम्हरिया निवासी घाइते विद्यार्थी प्रत्येक दिन गाउँबाट स्कुल पढ्न आउने गरेका छन् ।

    शिक्षकको कुटपिटबाट दिउँसो १ बजे घाइते भएका विद्यार्थी अपराह्न ४ बजे घर पुगेपछि मात्र घटना बारे जानकारी पाएको उनका बुवाले आदर्श डेलीसंगको कुराकानीका क्रममा बताए । ‘छोरा घर आएपछि उसलाई हामीले उपचारका लागि नारायणी अस्पताल लगेका थियौँ । प्रहरीमा स्कुल र शिक्षकविरुद्ध उजुरी गर्‍यौँ,’ उनले भने ।

    विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षक यादव अहिले प्रहरी नियन्त्रणमा छन् । अस्थायी प्रहरी पोस्ट विन्दवासिनीका प्रहरी सहायक निरीक्षक (असई) रामबाबु गुप्ताले बताए । उनलाई अहिले नियन्त्रणमा राखेर सोधपुछ भइरहेको असई गुप्ताले जानकारी दिए ।
    हाल वीरगञ्ज महानगरपालिकाले सामुदायिक तथा निजी विद्यालयहरूमा जाडो बिदा दिएको छ । यद्यपि सो निर्देशनलाई लत्त्याउँदै केही निजी विद्यालयहरूले कक्षा सञ्चालन गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑