• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा `युवा’ द्वारा सञ्चालित ‘यूथ एक्सेस’ परियोजनाको दातृ निकायद्वारा अनुगमन

  • वीरगंज संजाल
  • २५ पुष २०८०, बुधबार १६:२४
  • ११८९

    वीरगन्ज । गैरसरकारी संस्था ‘युवा’ द्वारा वीरगन्जमा तिन वर्षदेखि सञ्चालित यूथ एक्सेस परियोजनाको अनुगमन गरिएको छ ।
    दातृ तथा सहयोगी संस्था अमेरिकाको वाशिङटन राज्यस्थित सियाटल सहरमा प्रधान कार्यालय रहेको प्लान्ड प्यारेनहुड अफ ग्रेट नर्थवैस्ट हवाई, अलास्का, इन्डियाना क्यान्टकी (पिपिजिएनएचएआईके) नामक संस्थाका ग्लोबल कार्यक्रमहरूका निर्देशक डायन बुस्लि र संस्थाका क्षमता अभिवृद्धि विशेषज्ञ अनुपा ज्ञवालीले परियोजनाको अनुगमन गरेका हुन् । उनीहरूसँगै युवाका कोषाध्यक्ष रितेन्द्र बडु पनि परियोजनाको अनुगमनमा आएका थिए ।

    शनिबार वीरगन्ज आइपुगेको अनुगमन टोलीले वीरगन्जका तिन वर्षका यूथ च्याम्पियनहरूसँग छलफल गरेको थियो । यूथ च्याम्पियनले गरेका कामसँगै उनीहरूले सिकेका कुराको कार्यान्वयनका विषयमा छलफल भएको यूथ एक्सेस परियोजनाका वीरगञ्जका संयोजक आशु कुमार सर्राफले बताए । उनकाअनुसार यूथ च्याम्पियनले युवासँग आबद्ध भएर सिकेका कुरा तथा भोगाइसँगै काम गर्दा आइपर्ने चुनौतीका बारेमा पनि चर्चा भएको थियो । यस्तै आइतबार यूथ च्याम्पियनहरूले गर्ने कामको अनुगमन गर्न उक्त टोली वीरगन्ज महानगरपालिका – २६ बहुअरीस्थित श्री शारदा माध्यमिक विद्यालयमा पुगेको थियो । सुरक्षित गर्भपतन सेवा प्रवाह गर्ने वीरगन्जस्थित मेरि सर्भिस सेन्टरको पनि टोलीले भ्रमण गरेको थियो । भेटघाटका क्रममा सेन्टरका प्रमुख सन्दीप चौरसियाले सुरक्षित गर्भपतन सेवा प्रवाहका बारेमा जानकारी दिएका थिए ।

    सोमवार वीरगन्जस्थित ममता विद्या मन्दिरमा पुगेर यूथ च्याम्पियनले सुरक्षित गर्भपतन र लैङ्गिक तटस्थ भाषा, लैङ्गिक समानता, एलजिबिटीक्युआईए प्लसका सम्बन्धमा प्रस्तुति दिएका थिए । उक्त सत्रको पनि अनुगमन टोलीले अनुगमन गरेको थियो ।
    वीरगनणज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल यादव र प्रतिनिधि अनिशकान्त कुशवाहसँग पनि भेटघाट गरेको सर्राफले जानकारी दिए । भेटघाटका दौरान परियोजनालाई अझै प्रभावकारी बनाउने र एकआपसमा समन्वय तथा सहकार्य गर्ने बारेमा पनि छलफल भएको थियो । युवाले बृहत्तर यौनिकता शिक्षा बारेमा १ देखि १२ कक्षा सम्मको लागि तयार पारेको पाठ्यक्रम वीरगनणज महानगरले पनि आफ्नो पाठ्यक्रममा समावेश गर्ने बारेमा समेत छलफल भएको थियो ।

    साथै नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्‍जन साहसँग नारायणी अस्पतालबाट प्रवाह हुने सेवाका बारेमा छलफल भएको थियो । बृहत्तर यौनिकता शिक्षा र सुरक्षित गर्भपतनका बारेमा पाठ्यक्रममा समावेश गर्न डा. साहले आग्रह गरे । शिक्षकहरूलाई पनि बृहत्तर यौनिकता शिक्षाका बारेमा प्रशिक्षण दिएर अध्यापनमा सहज बनाउनुपर्ने डा. साहको सुझाव थियो ।
    स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुरेन्द्र चौधरी, ओसीएमसी प्रमुख हेमा थापा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृति अग्रवालसँग पनि टोलीले भेटघाट गरेको थियो ।

    सुरक्षित गर्भपतनसँगै स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवालासँगको भेटघाट तथा छलफलपश्चात् प्राप्त सुझावहरूलाई आगामी दिनमा आत्मसाथ गर्ने युवाका कोषाध्यक्ष रितेन्द्र बडूले बताए । अनुगमनका क्रममा परियोजना प्रभावकारी रूपमा सञ्चालन भएको भन्दै निर्देशक डायन बुस्लिले खुशी व्यक्त गरिन् । यस परियोजनाको पहुँचलाई ग्रामीण क्षेत्रमा पनि बिस्तार गर्न आग्रह गर्दै उनले युवामैत्री स्वास्थ्य सेवाको लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑