• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नक्कली बाउ बनेर नागरिकता बनाएको आरोपमा वीरगँजका मेयर सिँहमाथि उजुरी दर्ता

  • वीरगंज संजाल
  • २५ पुष २०८०, बुधबार १६:१६
  • २१६५

    वीरगँज । मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाका मेयर राजेश मान सिंह श्रेष्ठले पिता भएर नागरिकता बनाएका किशोरीकी आमाको व्यापक खोजी हुन थालेको छ । मेयर श्रेष्ठले निर्वाचन आयोगमा बुझाएको व्यक्तिगत विवरणमा एकजना मात्र छोरा रहेको उल्लेख गरेका छन् । तर उनले जिल्ला प्रशासन कार्यालय पर्साबाट एकजना किशोरीको पिता भएर नागरिकता बनाएका छन् ।

    श्रेष्ठकी पत्नी अन्नपूर्ण मानन्धरले एकजना मात्र छोरा रहेको पुष्टि गरेकी छन् । ‘हाम्रो एकजना मात्र छोरा छन्’ उनले भनिन्–‘ एकजना बाहेक अन्य कुनै सन्तान छैन् ।’ मेयर श्रेष्ठले निर्वाचन आयोग लगायतका निकायमा बुझाएको विवरणमा एकमात्र छोराको नाम उल्लेख गरेको बताइएको छ । मानन्धरले रुबीना श्रेष्ठलाई छोरी मान्न अस्वीकार गरेपछि वीरगञ्जमा अहिले श्रेष्ठको आमाको खोजी व्यापक हुन थालेको छ । रुबीनाको आमा भएको दाबी हाल सम्म कसैले गरेका छैनन् ।

    नेपाली कांग्रेसका पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का सभापति मोहम्मद साहबुद्दिनले मंगलवार जिल्ला प्रशासन कार्यालय पर्सामा विवरण ढाँटेर नागरिकता दिलाएको भन्दै उजुरी दर्ता गराएका छन् । मेयर सिंहले किर्ते गरी रुबिना श्रेष्ठ भन्ने युवतीलाई आफ्नो छोरी बनाइ जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएको प्रमाणसहित उनले जाहेरी दरखास्त दर्ता गराएका छन् । उजुरी दर्ता गराउन जिल्ला प्रशासन कार्यालय पुगेका क्षेत्रीय सभापतिले घटनाको सत्य तथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई आग्रह गरेका थिए ।

    प्रतिउत्तरमा भुषालले छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेसका क्षेत्रीय सभापति नै उजुरीकर्ता भएकाले कारबाहीको प्रक्रिया तत्काल बढने विश्वास गरिएको छ । नगर प्रमुख सिंहको विरोधमा दर्ता गरिएको जाहेरीमा झुठो विवरण पेस गरी जन्मदर्ता गराइ नागरिकता बनाइएकोले ‘नागरिकता र राहदानी’ खारेज गरिनुका साथै नागरिकता लिने तथा नक्कली बाबु बनेर नागरिकता दिलाउने नगर प्रमुख सिंहलाई मुलुकको कानुन अनुसार कारबाही गर्न माग गरिएको छ । यस सम्बन्धमा नगर प्रमुख राजेशमान सिंहलाई, उनको मोबाइल नम्बर ९८०२९४५१०० मा पटक पटक फोन सम्पर्क गर्दा फोन उठेन् । किर्ते जालसाजी गरी नागरिकता लिएकी युवती श्रेष्ठले पासपोर्ट समेत बनाएर विदेश पुगेकी छन् । मेयर सिंहले वडा देखि जिल्ला प्रशासन कार्यालय पर्सासम्मका कर्मचारीलाई प्रभावमा पारेर नागरिकता दिलाएको आरोप लागेको छ ।

    गएको स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरको मेयरका उम्मेदवार बनेको बेला पेस गरेका पारिवारिक विवरणमा समेत रुबिनालाई छोरी बनाएको कुरा लुकाएको नेपाली कांग्रेस क्षेत्रीय सभापति साहबुदिनको आरोप छ । ‘घटनाको वास्तविकता लुकाउन धेरै प्रमाणहरु गायब गरियो’ उनले भने–‘तर पाप धुरीबाट कराउँछ । सिंहले नागरिकता किर्तेको घटना लुकाउन वडा कार्यालय देखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न तह सम्म मिलाएको आरोपहरु लगेका छन् ।’ वीरगञ्ज महानगरपालिकाको पञ्जिकृत महाशाखामा रहेको जन्म दर्ताको रेकर्ड लगायत कतिपय लिखत प्रमाणहरु गायब गराएको सहाबुद्दिनले आरोप लगाएका छन् । नेपालको कानुनले नक्कली बाबु बनेर अपरिचित युवतीलाई नागरिकता दिलाइनु फौजदारी कसुर हो ।

    पर्सा जिल्ला प्रशासन कार्यालयको नागरिकताको ढड्डा अनुसार २०७५ साउन १३ गतेको क्रम संख्या ३ मा रुबिना श्रेष्ठले नागरिकता नम्बर ३४–०१–७५–८८८४७ को प्रमाण पत्र प्राप्त गरेकी छन् । नागरिकतामा उनको जन्म मिति २०५९ असार ३० गते उल्लेख गरिएको छ ।
    नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंहको नागरिकता नम्बर ३४१६०३८८८१७ उल्लेख गरिएको छ । तर आमाको महलमा कसैको नाम उल्लेख गरिएको छैन् । राजेशमान सिंहले छोरी बनाएकी रुबिना श्रेष्ठलाई प्रदान गरिएको नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले हस्ताक्षर गरेका छन् ।

    नागरिकता जारी भएको १० दिनपछि राहदानी विभागले ११०८८८१७ नम्बरको राहदानी जारी गरेको छ । पहिलो पटक नागरिकता जारी भएको १९ महिनापछि रुबिनाले प्रतिलिपि निकालेकी छन् । दुई साता अघि मात्रै पर्सामा प्रमुख जिल्ला अधिकारीको रुपमा सहसचिव दिनेश सागर भुषालले पनि मेयर सिंह नक्कली बाबु बनेर एक किशोरीलाई नागरिकता दिएको विषय छानबिन गरी आवश्यक कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘एक किशोरीको बाबु बनेर नागरिकता दिएको जानकारीमा आएको छ, तर सरुवा भएको केही दिन मात्रै भएकाले थप अध्ययन गर्न पाएको छैन’उनले भने ‘प्राप्त जाहेरीबारे विभिन्न सूचनाको आधारमा अनुसन्धान अघि बढाइने छ ।’
    उच्च अदालत जनकपुरधामका अधिवक्ता विपिन झाले मेयर सिंहमाथि नागरिकतामा झुठा विवरण पेश गरेको र निर्वाचन आयोगमा समेत झुठा विवरण दिएकाले दुबै तर्फको कानुन आकर्षित हुने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑