वीरगन्ज । वीरगन्जबाट प्रहरीले लागूऔषधसहित दुई जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय विनोद प्रसाद गुप्ता र ३८ वर्षीय फिरोज चौधरी रहेका छन् ।
प्रहरी चौकी बसपार्क तथा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ८ स्थित सडकमा कुराकानी गरिरहेको अवस्थामा उनीहरुलाई लागु ओैषधसहित पक्राउ गरेको हो ।
दुवैको शरीर खानतलासी गर्दा गुप्ताको पाइन्टको खल्तीबाट २ वटा सेतो रङको प्लास्टिकमा बेरिएको लागूऔषध खैरो हिरोइनजस्तो देखिने सेतो पदार्थ १ सय २ ग्राम फेला परेपछि दुवैलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।