वीरगंज । औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगंजले छापामारी गर्ने कार्यलाई निरन्तरता दिएको छ । सोहि क्रममा औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगंजका कार्यालय प्रमुख मुकेन्द्र पञ्जियारको नेतृत्वमा खटेको निरिक्षकको टोलीले वीरगन्जमा भारतबाट अवैधरुपमा ल्याइएको करिब १५ लाख रुपैयाँ बराबरको अवैध आयुर्वेदिक औषधी बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका १६ नगवा चालीसफिटा रोड मा रहेको एक गोदाममा भण्डारण गरि राखिएको अवस्थामा औषधी व्यवस्था विभागले अवैध आयुर्वेदिक औषधी बरामद गरेकाे छ ।
अजिमा खातुनको नाममा रहेको हिमालयन सप्लायर्सको फर्मबाट अवैध रूपमा विकृवित्रण भईरहेको सुचनाको आधारमा छापामरि गरि अवैध आयुर्वेदिक औषधी बरामद गरिएको छ ।
वेदनाथ आयुर्वेद भवन प्रा.लिमिटेड, पटनाबाट निर्माण भएको र नेपालमा यसको गुणस्तर जाचपास फेल रहेको ७ विभिन्न किसिमको ८००० बोतल तेल बरामद भएको छ ।
औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगंजले छापामारी गरि ८००० अवैध बोतल सहित मोहमद अतिक अनवरलाई समेत नियन्त्रणमा लिएकाे छ ।
छापामारीको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको नगवा चौकीका इन्चार्ज सत्यराज त्रिपाठीको टोलिले सुरक्षा प्रदान गरि सहजीकरण गर्नुभएको थियो ।
“मानव स्वास्थ्य सङ्ग जुडेको औषधी जस्तो संबेदनशिल वस्तुको विक्री वितरणमा भइरहेको खेलवाड लाई रोक्न र बेवस्थित गर्न गल्ती गर्ने माथि हदैसम्मको कार्वाही हुन्छ भन्नु हुन्छ” औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगंजका कार्यालय प्रमुख मुकेन्द्र पञ्जियार ।
अगामी समयमा समेत यस्तै अवस्थामा निरिक्षण अनुगमन तथा अनुगमनको क्रममा देखिने गरेको कमजोरीलाई सुधार गर्न कारबाही पनि हुने औषधी व्यवस्था विभाग, शाखा कार्यालय, बीरगंजका कार्यालय प्रमुखले जानकारी दिनु भएको छ ।