• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेसका मन्त्रालय र स्थानीय तहमा गरिएकाे बजेट रकमान्तरमा दुई मन्त्रीकाे चलखेल

  • वीरगंज संजाल
  • २३ पुष २०८०, सोमबार १४:०२
  • १४०१

    जनकपुरधाम । प्रदेश सरकारको अर्थ विविध शीर्षकमा रहेको ३ अर्ब ३४ करोड २३ लाख ८ हजार ३ सय ४१ रुपैयाँ आर्थिक वर्षको अन्त्यतिर विभिन्न मन्त्रालय र स्थानीय तहमा गरेको रकमान्तरमा ‘चलखेल’ भएको भन्दै विशेष संसदीय छानबिन समितिले मधेस प्रदेशका दुई मन्त्रीसँग आइतबार बयान लिएको छ । जनकपुरस्थित प्रदेशसभा सचिवालयमा आइतबार बसेको संसदीय समितिको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादव र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले बयान दिएका हुन् । संसदीय समितिले मन्त्रीद्वय यादवसित छुट्टाछुट्टै बयान लिएको हो । अर्थमन्त्री यादवसित करिब १ घण्टा लामो बयानमा आर्थिक वर्षको अन्त्यतिर गरिएको बजेट रकमान्तरण, स्थानीय तहलाई दिइने विशेष, समपूरक र ससर्त अनुदानमा देखिएको कैफियतबारे सोधिएको थियो । ‘हाम्रो छानबिनबाट देखिएको त्रुटि देखाउँदै मन्त्रीद्वयसित स्पष्टीकरण सोधेका थियौं,’ विशेष संसदीय छानबिन समितिका संयोजक प्रदेश सांसद उपेन्द्र महतोले भने, ‘उहाँहरूले विधि–प्रक्रिया र ऐनलाई टेकेर रकमान्तरण र अनुदान दिइएको दाबी गर्नुभएको छ ।’

    मन्त्रीद्वयको मौखिक जवाफमा भर नपरेको विशेष समितिले कुन विधि–प्रक्रिया र ऐन टेकेर रकमान्तरण गरेको र अनुदान दिइएको हो ? त्यसको लिखित जवाफ लिएर ३ दिनभित्र फेरि उपस्थित हुन निर्देशन दिएको छ । ‘समितिले गरेको छानबिनबाट बजेट रकमान्तरण र अनुदान वितरणमा बदमासी गरिएको थुप्रै प्रमाण हामीसँग छ,’ समिति संयोजक महतोले भने, ‘मन्त्रीद्वयको जवाफले चित्त नबुझेकाले लिखत प्रमाणसहित फेरि आउन भनिएको छ ।’ असार अन्त्यतिर अर्थ विविध शीर्षकको बजेटमा चलखेल भएको भन्दै प्रदेशसभामा सांसदहरूले आपत्ति जनाएपछि सांसद महतोको संयोजकत्वमा गत असार २७ गते प्रदेशसभाको बैठकले विशेष संसदीय छानबिन समिति गठन गरेको थियो । समितिलाई दुई महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइए पनि मन्त्रीद्वयले बयान दिन अटेरी गरेकाले ६ महिना बित्दा पनि समिति टुंगोमा पुग्न सकेको छैन । संसदीय समितिले यस अवधिमा गरेको छानबिनमा अर्थ मन्त्रालयले प्रक्रिया मिचेर विभिन्न मन्त्रालयलाई रकमान्तर र स्थानीय तहलाई अनुदान पठाएको प्रतिवेदन तयार पारिसकेको छ । स्रोतका अनुसार मन्त्रीद्वयको बयान कुरिरहेको समितिले ३ दिनभित्र उनीहरूको लिखित जवाफ पाएपछि प्रतिवेदन पेस गर्नेछन् ।

    संसदीय समितिले छानबिनका क्रममा बजेट रकमान्तर र स्थानीय तहलाई दिइएको अनुदानमा ‘प्रक्रिया’ मिचेको निष्कर्ष निकालेको छ । मधेस प्रदेशको कुल बजेटको ११.८१ प्रतिशत बजेट अर्थ विविध शीर्षकमा राखिएको थियो । कुल ५ अर्ब ५३ करोड ५७ लाख ४३ हजार अर्थ विविधको रकमलाई आर्थिक वर्षको अन्त्यतिर अर्थ मन्त्रालयले अरू मन्त्रालयको बजेट तानेर ७ अर्ब ९ करोड ३२ लाख ३८ हजार ७ सय ६० रुपैयाँ पुर्‍याएको थियो । यसमा चालुतर्फ ६९ करोड ७८ लाख ५ हजार २ सय ४३ र पुँजीगततर्फ ८५ करोड ९६ लाख ९० हजार ५ सय १७ रुपैयाँ थपिएको थियो । यही अर्थ विविधको बजेट आर्थिक वर्षको अन्त्यतिर अर्थमन्त्री यादवले आफूखुसी रकमान्तरण गरेको संसदीय समितिको ठहर छ । मन्त्री यादवले टुक्रे योजना तोकेरै असार २२ गतेसम्म विभिन्न मन्त्रालय तथा स्थानीय निकायमा अर्थ विविधको बजेट रकमान्तर गरेका थिए ।

    विशेष छानबिन समितिको प्रतिवेदनमा मन्त्रालयले माग्दै नमागेको योजना र रकम पनि अर्थ मन्त्रालयले पठाइएको पाइएको छ । उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीका स्वकीय सचिवले लेखेको पत्रकै आधारमा अर्थले उक्त मन्त्रालयलाई ४२ करोड ६० लाख १० हजार रुपैयाँ रकमान्तर गरिदिएको थियो । उद्योगमन्त्री सुनिता यादवकाे निजी सचिवालयको लेटरहेडमा स्वकीय सचिव रामानन्द यादवले लेखेको व्यहोराको आधारमै यति धेरै बजेट पठाइएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

    स्वकीय सचिव रामानन्द मन्त्री यादवका श्रीमान् हुन् । गत चैत १५ गते रकमान्तरणका लागि उनले अर्थ मन्त्रालयलाई पत्र पठाएका थिए । ‘स्वकीय सचिवको लेटरहेडमा करोडौं रकम रकमान्तर गर्नु बदमासीको हद हो,’ छानबिन समितिका एक सदस्यले भने, ‘त्यही पत्रका आधारमा अर्थ मन्त्रालयले टिप्पणी लेखेर रकमान्तरण गरेको देखिन्छ ।’ उद्योग, वाणिज्य र पर्यटन मन्त्रालयलाई रकमान्तर गरिएको ४२ करोड ६० लाख १० हजार रुपैयाँ मठ–मन्दिर, सामुदायिक भवन, स्वागतद्वार, कम्पाउन्ड वाल निर्माणलगायतका टुक्रे योजनामा खर्च गरिएको थियो । छानबिन प्रतिवेदनमा करिब ८ करोड रुपैयाँ उक्त मन्त्रालयसँग सम्बन्धित नरहेका योजनामा तोकेर पठाइएको थियो ।

    भौतिक पूर्वाधार विकास र शिक्षा तथा संस्कृति मन्त्रालयको पत्र आउनुअघि नै अर्थ मन्त्रालयले यी दुई मन्त्रालयमा रकमान्तर गरिसकेको थियो । भौतिक पूर्वाधार मन्त्रालयले रकमान्तरका लागि चलानी नम्बर १६७० र १६७१ को पत्र २०८० असार १८ गते अर्थ मन्त्रालयलाई पठाएको थियो । तर, मन्त्रालयको पत्र आउनुभन्दा ६ दिनअघि असार १२ गते नै रकमान्तरको निर्णय भएको संसदीय समितिले प्रमाणित कागजात फेला पारेको छ । शिक्षा तथा संस्कृति मन्त्रालयले पनि असार ५ गते रकमान्तर माग्दै अर्थलाई पत्र पठाएको थियो । तर, दुवै मन्त्रालयको पत्र आउनुअघि नै प्रशासकीय कार्यविधि मिचेर रकमान्तर गर्ने अर्थले निर्णय गरिसकेको थियो ।

    आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहका लागि प्रदेश सरकारले २ अर्ब ६ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, अन्त्यतिर अर्थ मन्त्रालयले २ अर्ब १९ करोड ३० लाख रुपैयाँ रकमान्तर गरेर १०६.१५ प्रतिशतले अनुदानको रकम थपेको थियो । प्रदेशको १ सय ३६ वटै पालिकाले ससर्त अनुदानका योजना तथा कार्यक्रम पाउनुपर्नेमा अर्थले सप्तरीको बलान बिहुल गाउँपालिका, धनुषाको विदेह नगरपालिका, रौतहटको बौधीमाई र फतुवा विजयपुर नगरपालिका तथा बाराको विश्रामपुर गाउँपालिका गरी ६ वटा पालिकालाई ससर्त अनुदानको रकम दिएन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑