वीरगंज । वीरगंज महानगरपालिका वडा नं.–२५ का वडाध्यक्ष्F आशुतोष चतुर्वेदीले ४५० विद्यार्थीलाई ट्रयाकसुट र झोला वितरण गरेका छन् ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय श्रीसिया आदर्शचोक र मौजेटोल, नेराआधारभूत विद्यालय खल्वा श्रीसियाका विद्यार्थीहरूलाई ट्रयाकसुट र ब्याग वितरण गरिएको वडाध्यक्ष चतुर्वेदीले बताए ।
आव २०८०/८१ को वडास्तरीय बजेटबाट रू आठ लाख खर्चमा तीनवटा विद्यालयका ४५० जना विद्यार्थीहरूलाई ट्रयाकसुट र ब्याग वितरण गरिएको बताए । उनले शुक्रवार १५० जना विद्यार्थीका दरले तीनवटा विद्यालयका ४५० जना विद्यार्थीलाई सो सामग्री वितरण गरिएको उनले बताएका छन् ।