• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ३३ किलो सुनकाण्डका आरोपी विमल पोद्दार १४ किलो सुनमा पनि जोडिए

  • वीरगंज संजाल
  • २३ पुष २०८०, सोमबार ११:५९
  • १२५३

    काठमाडौं । २०७४ सालको ३३ किलो सुन प्रकरणका एक आरोपी विमल पोद्दार गत मंसिरमा दुबईबाट ल्याइएको १४ किलो सुन प्रकरणमा पनि छानबिनमा तानिएका छन् ।
    उनीमाथि विस्तृत अनुसन्धान गर्न भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई राय दिएको छ । तर, प्रहरीले उनीविरुद्ध हुण्डी र क्रिप्टोकरेन्सी कारोबारमा पहिल्यै पक्राउ पूर्जी जारी गरिसकेको खुलेको छ । विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा यूएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घले पक्राउ परेका थिए ।

    घलेले बयानका क्रममा पोद्दारको नाम लिएपछि उनी छानबिनको दायरामा आएका हुन् । पोद्दारको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज रेष्टुरेन्ट छ । मीनबहादुरले बयानका क्रममा सन् २०१४ मा उनीसँग मिलेर काम गरेको बयान दिएका थिए । ‘सरकारी वकिलले थप अनुसन्धान गर्न भनेपछि उनको कल डिटेल रेकर्ड हेर्नेदेखि अरु प्राविधिक पक्षको अनुसन्धान थालेका छौं’, भन्सारका एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

    यूएईबाट ल्याइएको तस्करीको ३३ किलो सुन गायब भएपछि खोज्ने क्रममा चुडामणि उप्रेती ‘गोरे’ सहितको समूहले भरिया सनम शाक्यलाई यातना दिएको थियो । त्यसक्रममा शाक्य मारिएपछि ३३ किलो सुन प्रकरण चर्चामा आएको थियो, यसमा प्रहरीका उच्च अधिकृतहरुमाथि पनि अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको थियो ।
    २०७४ मा ३३ किलो सुन प्रकरण छानबिनका लागि सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो । समितिको अनुसन्धानका क्रममा व्यवसायी पोद्दार ६ असार २०७५ मा पक्राउ परेका थिए ।

    जिल्ला अदालत, मोरङले संगठित सुन तस्करीको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । पछि उच्च अदालतबाट पोद्दार धरौटीमा छुटेका थिए ।
    पोद्दारको बयानमार्फत सुन समिति एक चर्चित व्यवसायीसम्म पुगेको थियो । तर, उनलाई नियन्त्रणमा लिने तयारी भइरहेका बेला उच्च राजनीतिक नेतृत्वले छानबिन समितिलाई अनुसन्धान प्रतिवेदन बुझाउन दबाब दिएको थियो । हालसम्म पौडेल नेतृत्वको छानबिन समितिको प्रतिवेदन गायब छ । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले प्रतिवेदन खोज्दा समेत पाएन । त्यसमा अनुसन्धान गर्नुपर्ने भन्दै थप व्यक्तिहरुको सूची भएकाले प्रतिवेदन गायब पारिएको स्रोत बताउँछ ।

    क्रिप्टो र हुण्डी कारोबारमा पक्राउ पूर्जी १४ किलो सुन प्रकरणमा छानबिनको दायरामा आएपछि भन्सार कार्यालयले पोद्दारको खोजीका लागि प्रहरीको सहयोग मागेको थियो । त्यसक्रममा उनीविरुद्ध पहिल्यै पक्राउ पूर्जी जारी भइसकेको खुलेको छ । भन्सारका एक उच्च अधिकृतका अनुसार, ६ मंसिरमा हुण्डी कारोबार र अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका रुपेश श्रेष्ठमाथि अनुसन्धानका क्रममा पोद्दारको पनि संलग्नता देखिएको प्रहरीले भनेको छ । त्यही मुद्दामा पोद्दारलाई पक्राउ पूर्जी जारी गरेर खोजी भइरहेको प्रहरीले जवाफ दिएको भन्सार स्रोतले बतायो । सीआईबीका एक उच्च अधिकृतले पनि अनलाइनखबरसँग पोद्दारविरुद्ध पक्राउ पूर्जी जारी भएको पुष्टि गरे ।

    ब्यूरो स्रोतका अनुसार, श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजत पत्र नलिई विद्यूतीय माध्यमबाट क्यास एप जस्ता मोबाइल एप्लिकेसन प्रयोग गरेर हुण्डी, अनलाइन जुवा, क्रिप्टो र अवैध रुपमा विदेशी विनिमय कारोबार गरेको प्रमाण भेटिएको छ । उनीमाथि अनुसन्धान गर्ने क्रममा पोद्दारको नाम खुलेको थियो । त्यसपछि उनको पनि खोजी भइरहेको प्रहरीले बताएको छ । ब्यूरो स्रोतका अनुसार, उनको खोजी गर्दै उनको घर लगायतका स्थानमा पनि पुगेको थियो । यद्यपि, उनी भेटिएनन् । पोद्दार विदेश गएको हुनसक्ने प्रहरीको आशंका छ । ‘इन्टरपोलमार्फत नोटिस जारी गराउने तयारी भइरहेको छ’, ब्यूरोका एक अधिकृतले भने ।

    १४ किलो सुन प्रकरणमा सरकारी वकिलले बयानबाट खुलेका पोद्दारसहित अंकित अग्रवाल, राजेन्द्र बस्नेत, राज कुमार भारती, जीवन गुरुङ र गुरु भनिने भारतीय नागरिकबारे पनि अनुसन्धान गर्न भनेको छ । भन्सारका अनुसार, अंकित अग्रवालले चन्द्र घलेहरुलाई दुबईबाट सुन पठाउने गरेका थिए । गुरु भनिने व्यक्तिले भारत लैजाने गरेको देखिएको थियो ।

    ‘अनुसन्धान गर्न भनेकामध्ये जीवनलाई यसअघिदेखि नै खोजी रहेका छौं’, एक अधिकृत भने, ‘उनीविरुद्ध पक्राउ पूर्जी समेत जारी भइसकेको छ ।’ गुरुङ डिल्लीबजारस्थित प्याटिनम कलेजका सञ्चालक समेत हुन् । घलेको समूहले विमानस्थलको अध्यागमनसँगै रहेको सीआईपी कक्षमा रहेको शौचालयभित्र सुन लुकाएर तस्करी गर्दै आएका थिए । यो समूहले १३८ किलो सुन तस्करी गरिसकेको निष्कर्षसहित भन्सारले अदालतमा समेत मुद्दा दायर गरेको छ ।

    यो प्रकरणमा विमानस्थलका नागरिक उड्डयन कार्यालयका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भएर करारमा कार्यरत कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतको संलग्नता खुलेको थियो ।

    यसरी तस्करी भएर आउने सुन विमानस्थलबाट निकालेपछि बानियाँटारस्थित सूर्यदर्शन हाइटमा रहेको डिबी गुरुङको घरमा पुर्‍याउने गरेको देखिएको थियो । गुरुङले विमानस्थलभित्र कर्मचारीको सेटिङ मिलाउन सहयोग गरेको भन्सारका अधिकृतहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑