वीरगंज | प्रदर्शनकारीहरुद्वारा बरहथवाका नगरप्रमुखको घरमा ढुंगामुढा गर्न थालेपछि अहिले पुनः बरहथवाका वातावरण तनावपूर्ण बनेको छ भने प्रहरीले पाँच राउण्ड टियरग्यास प्रहार गरेको छ । प्रहरीको गोलीबाट मारिएका युवकको तेश्रो दिनपनि शव उठ्न नपाउदै राज्यको बेवास्ताको विरुद्ध प्रदर्शनकारीहरुले बरहथवा बजार स्थित इप्रका कार्यालय अगाडीको ड्रमले बनाइएको ब्यारिकेटहरु भत्काउदै प्रदर्शन सुरु गरेपछि अवस्था तनावपूर्ण बन्दै जाँदा प्रहरीद्वारा पाँच राउण्ड टियरग्यास प्रहार गरेको खवर प्राप्त भएका छन् ।
नगर अस्पताललाई स्तरोन्नतीका गरेर प्रादेशिक अस्पतालमा गाभ्ने विषयलाई लिएर आन्दोलनरत पक्षधरहरु राज्यको उदाशिनताका विरुद्ध आक्रोशित बन्दै आईतवार विहानै इप्रका अगाडीको ब्यारिकेट भत्काउदै ठाँउ ठाउँमा टायर बालेर प्रदर्शन गर्दैै नगरप्रमुख कल्पनाकुमारी कटुवाल विरुद्ध चर्का नारावाजी गरिरहेका हुन् ।
शुक्रवार प्रहरीको गोलीबाट मृत्यु भएका युवक जयशंकर साहको शव चोर्निया पुलमै रहदा पीडित परिवार संगै आन्दोलनरत पक्षले शवलाई सुरक्षित राख्न आइसप्याक गरेर राखिएको बताइएको छ ।