• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गहुँ बालीका लागि वीरगन्जमा भित्रिन थाल्याे युरिया मल

  • वीरगंज संजाल
  • २२ पुष २०८०, आईतवार ११:४४
  • ११८१

    वीरगन्ज कृषि सामग्री कम्पनीको युरिया मल भित्रिन थालेको छ । कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार, आदित्य बिरला कम्पनी आपूर्तिकर्ता रहेको कन्साइन्मेन्ट नम्बर १ सय २१ को युरिया मल भित्रिन थालेको हो ।

    ‘२ हजार ५ सय मेट्रिक टन युरिया मल बोकेको पहिलो रेल्वे र्‍याक बिहीबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आई पुगेको छ,’ उनले भने, ‘शुक्रबार पनि सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे स्टेशनमा २ हजार ५ सय मेटन युरिया मल बोकेको अर्को रेल्वे र्‍याक आइपुगेको छ ।’

    सुक्खा बन्दरगाहमा आइपुगेको मल कम्पनी प्रादेशिक कार्यालय भैरहवा जाने र रक्सौल आइपुगेको मल प्रादेशिक कार्यालय वीरगन्ज आउने उनले बताए ।

    यो कन्साइन्मेन्टको मल कोलकत्ता बन्दरगाह हुँदै वीरगन्ज र रक्सौलसम्म आइरहेको छ । ग्लोबल टेण्डरबाट ठेक्का पाएको आदित्य बिरला कम्पनीले यो कन्साइन्मेन्टबाट कृषि सामग्री कम्पनीको ३० हजार मेट्रिक टन युरिया मल आपूर्ती गरिरहेको छ ।

    यी दुई बाहेक स्वीस सिंगापुर कम्पनी आपूर्तिकर्ता रहेको कन्साइन्मेन्ट नम्बर १ सय १५ को ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकत्ता बन्दरगाह आइसकेको र उक्त मल पनि यसै साता देखि क्रमशः भित्रिने पाण्डेले बताए ।

    मल भित्रिए लगत्तै माग भएका जिल्लाहरुमा क्रमशः परिचालन समेत गरिनेछ। हाल किसानलाई गहुँ बालीका लागि युरिया मलको आवश्यकता छ । कोटा छुट्याइएको मधेस प्रदेशका जिल्लाहरुमा तथा जिम्मेवारी रहेका बागमती प्रदेशका जिल्लाहरुमा समेत प्रादेशिक कार्यालयबाटै मल परिचालन गरिने उनले बताए । ठूलो मात्रामा मल भित्रिसकेपछि अब गहुँ बालीका लागि मलको अभाव नहुने पनि पाण्डेले दाबी गरे ।

    यस बाहेक कम्पनीले धान सिजनलाई लक्षित गरी ठूलो मात्रामा युरिया र डिएपी मल भित्र्याउन लागेको पाण्डेले बताए । धान बालीका लागि कम्पनीले ५ वटा कन्साइन्मेन्टमा गरी युरिया, डिएपी र पोटास मल भित्र्याउन थालेको छ ।

    ३०/३० हजार मेट्रिक टन युरिया मल आयातको ३ वटा कन्साइन्मेन्ट, २० हजार मेट्रिक टन डिएपी आयातको एउटा कन्साइन्मेन्ट र १० हजार मेट्रिक टन पोटास आयातको एउटा कन्साइन्मेन्ट रहेको उनले बताए ।साभार:कान्तिपुरबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑