वीरगंज बारामा लगाइएको ८ कट्ठा गाँजाखेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय नीजगढबाट खटिएको प्रहरीकाे टाेलीले दुई स्थानमा गरी ८ कठ्ठामा लगाइएको अन्दाजी ६ हजार गाजाको बोट फडानी गरी नष्ट गरेको हो।
नीजगढ नगरपालिका वडा नम्बर १२ भक्तलालमा ४ कठ्ठा र कोलगाँउमा ४ कठ्ठा गरी ८ कट्ठा गाँजाखेती फडानी गरी नष्ट गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। गाँजा खेती गर्नेहरुकाे पहिचान गरी उनिहरुलाई पनि पक्राउ गरिने उनले बताए।वीरगंज