नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणमार्फत १० अर्ब रुपैयाँ तान्ने भएको छ। उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज पुस १७ गते हुने केन्द्रीय बैंकले जनाएको छ।
\
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न यो उपकरण जारी गर्न लागेको हो।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। केन्द्रिय बैंकले ७ दिनका लागि यो उपकरण प्रयोग गर्न लागेको हो। साँवा र ब्याज भुक्तानी मिति पुस २४ गते तोकिएको छ। यसको ब्याजदर बोलकबोल बाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्।