• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मैथिली विकास कोषले जनकपुर साहित्यकला तथा अन्तराष्ट्रिय नाटक महोत्सव गर्दै

  • वीरगंज संजाल
  • १९ पुष २०८०, बिहीबार १०:५९
  • १२६९

    मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका लागि जनकपुरधाममा जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८० हुने भएको भएको छ । मैथिली विकास कोषको बुधबारको बैठकले आउँदो माघ १८ गतेदेखि २२ गतेसम्म हुने जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । महोत्सव जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृतिक केन्द्रमा हुनेछ । पाँच दिनसम्म चल्ने महोत्सवलाई बीसवटा सत्रमा विभाजन गरिएको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए । महोत्सवमा राजनीतिक, सामाजिक, साहित्यक र आर्थिक विषयउपर विमर्श हुने कोषका अध्यक्ष चौधरीले जानकारी दिए ।

    महोत्सवमा नेपाल र भारतका कलाकारबाट विभिन्न शीर्षमा नाटक प्रदर्शन गरिने कार्यक्रम रहेको छ । मैथिली, नेपाली, हिन्दी, असामी र बङ्गाली गरी पाँचवटा भाषामा नाटक प्रदर्शन हुने अध्यक्ष चौधरीले बताए । त्यसका लागि सबै नाट्यकर्मीलाई आमन्त्रण गरिसकेको उनले बताए । कोषले सबै राजनीति दलको राष्ट्रिय अध्यक्ष र दोस्रो वरियताका नेता आमन्त्रण गर्ने जनाइको छ । महोत्सवमा मिथिला चित्रकला, पुस्तक, नाटक, मिथिलाको भोजनको विभिन्न परिकारको प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमसमेत हुनेछ । नेपाल र भारतका विद्वान्, विदूषि, सामाजिक अभियन्ता, रङ्गकर्मी तथा राजनीतिकर्मीको सहभागिता रहने सो महोत्सवमा सङ्घीयता, भाषानीति, साहित्यका विभिन्न विधा तथा समाजको वर्तमान अवस्थाप्रति मन्थन हुने कोषका अध्यक्ष चौधरीले बताए ।

    कोषका सदस्य सचिव श्यामसुन्दर शशीले महोत्सव अवधिभर करिब २१ वटा विमर्श सत्रमा जनकपुर गाथाअन्तर्गत जनकपुरधामको निर्माताउपर विशेष विमर्श हुने, मिथिला साहित्य कला, यहाँकी सफल महिलाको सफतलाको कथा प्र्रस्तुति, युवाको अवस्थालगायत विषयउपर विमर्श हुने जनाए । प्रदेश सरकार स्थापना भइसके पनि मधेस प्रदेश सरकारले अझै आफ्नो कामकाजको भाषा तय गर्न सकेको छैन । सम्बन्धित सबै व्यक्तित्वलाई राखेर प्रदेशको कामकाजको भाषा तय गर्न प्रतिबद्धता जनाउने प्रयास गरिने सदस्य सचिव शशीले बताए । कोषले प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको महोत्सव २०७३ सालदेखि निरन्तर हुँदै आएको छ । महोत्सवलाई मधेस प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

    महोत्सवलाई भव्य र सभ्यरुपमा मनाउन गत मङ्सिर १९ गते कार्यकारिणी समितिको बैठक बसेर कोषका अध्यक्ष चौधरीको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरेको छ । जसमा जनकपुरधाममा सामाजिक सङ्घ संस्थाका प्रतिनिधि, राजनीति दलका प्रतिनिधि, युवा, व्यवसायी पत्रकार तथा नागरिक सामाजका अगुवालाई समावेश गरिएको छ ।
    महोत्सवमा नेपाल र भारत गरी करिब एक लाख दर्शक सहभागी हुने कोषको अनुमान छ । यस्तै, महोत्सवमा यो पटक सांस्कृतिक कार्यक्रममा प्रस्तुतिका लागि चर्चित गायक गायिकालाई आमन्त्रण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑