नयाँ वर्षको पहिलो दिनमै मध्य जापानमा एउटा शक्तिशाली भूकम्प गएको छ। जापानको नोटो प्रान्तमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको समाचारसंस्था रोयटर्सले जनाएको छ। उक्त भूकम्प अनामिजु सहरनजिकै गएको बताइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनी जारी गरिएको छ। भूकम्पलाई विनाशकारी बनाउने सात कारक तत्त्वहरू
भर्चूअल रीयालटी गेमले भूकम्प जाँदा मानिसलाई कसरी जोगाउन सक्छ
समुद्री तटमा रहेका मानिसहरूलाई उच्च भागतर्फ जान अधिकारीहरूले आग्रह गरेका छन्।
जापानी राष्ट्रिय प्रसारक एनएचकेका अनुसार नोटो क्षेत्रको इशिकावा जिल्लाको तटीय क्षेत्रबाट मानिसहरूलाई “तत्काल उच्च भागमा जान” निर्देशन दिइएको छ। एनएचकेका अनुसार झन्डै पाँच मिटरजति अग्लो छाल नोटो क्षेत्रमा पुगेको छ। अधिकारीहरूले छिमेकी निगाता र तोयामा जिल्लामा पनि सुनामीको चेतावनी जारी गरेका छन्।
ती क्षेत्रमा झन्डै तीन मिटर अग्ला छाल पुग्न सक्ने चेतावनी दिइएको छ। भूकम्पपछि भएको क्षतिको यकिन विवरण आइसकेको छैन।
जापानमा भूकम्प जानु नौलो नभए पनि त्यसका कारण उत्पन्न हुने सुनामीले ठूलो धनजनको क्षति गराउन सक्ने ठानिएको छ।
जापान भूकम्पतस्बिर स्रोत,EPA-EFE/REX/SHUTTERSTOCK जापानी टापुमा ज्वालामुखी विस्फोटन हुँदा यसरी उछिट्टियो चट्टान
२९ नोभेम्बर २०२३ आठ वर्षमा नेपालमा ४ म्याग्निट्युड माथिका ७७० भन्दा बढी भूकम्प ६ नोभेम्बर २०२३ टेलिभिजनहरूले मानिसहरूलाई तटीय क्षेत्र छाड्न आग्रह गरिएका सूचनाहरू प्रसारण गरिरहेका छन्।
स्थानीय बासिन्दाहरूले भूकम्पपछिको अवस्थाबारे विभिन्न स्थानबाट भिडिओहरू सामाजिक सञ्जालमा राखिरहेको देखिएको छ।
उक्त देशको सबैभन्दा ठूलो परमाणु ऊर्जा सञ्चालन केन्द्र कान्साई इलेक्ट्रिकले प्रभावित क्षेत्रका आफ्ना केन्द्रहरूमा “अस्वाभाविक गतिविधिहरू” नदेखिएको जनाएको छ। दक्षिण कोरियाको मौसम विज्ञानसम्बन्धी निकायले उक्त सुनामीको छाल त्यो देशको पूर्वी तटमा स्थानीय समय अनुसार बेलुका साढे ६ बजेदेखि सवा सात बजेसम्ममा पुग्नसक्ने जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।