• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वन क्षेत्रमा उत्खनन गराउने वडाध्यक्ष पक्राउ परेपछि मेयरले गराए चक्काजाम

  • वीरगंज संजाल
  • १५ पुष २०८०, आईतवार १३:३१
  • १६५७

    वीरगंज | सिरहा कमला नदी स्थित चुरे संरक्षित क्षेत्र र वन क्षेत्रमा अवैध उत्खनन गराएको आरोपमा पक्राउ परेका कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष फणीन्द्र पोखरेललाई थुनामुक्त गर्नु पर्ने माग सहित सिरहाको बन्दीपुरमा चक्का जाम गरिएको छ ।
    कर्जनहा नगरपालिकाका मेयर भोला पोखरेलको नेतृत्वमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारियो । राजमार्ग अवरुद्ध भएको कारण यातायातका साधनहरू सयौँको संख्यामा लामबद्ध भएर रोकिएका थिए भने हजारौँ यात्रुहरूले असुविधाको सामना गर्नु परेको थियो ।

    मेयर पोखरेलले नेतृत्व गरेको समूहले कर्जन्हा नगरपालिका–१ स्थित इलाका वन कार्यालय बन्दीपुर घेराउ गरी कार्यालय खाली गर्न र कर्मचारीहरूलाई बाहिर निस्किन दबाब दिइरहेका छन् । वन कार्यालयका कर्मचारी र त्यहाँ रहेको हतियार समेत असुरक्षित भएपछि वन कार्यालयले जिल्ला प्रहरी कार्यालय सिरहासँग सुरक्षा माग गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले वन कार्यालयको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको बताए । उनले सहमतिमा सडक नखुले बल प्रयोग गरेर भए पनि राजमार्ग सञ्चालनमा ल्याइने बताएका छन् । लिम्बुले तनाव बढाउन खोज्नेलाई नियन्त्रण गरिने बताए । यस सम्बन्धमा डिभिजनल वन कार्यालय लहानका प्रमुख सुजित कुमार झासँग सम्पर्क गर्दा उनले भने कानुन बमोजिम अनुसन्धान तथा तहकिकातका लागि थुनामा रहेका वडाध्यक्षलाई थुनामुक्त गर्न मेयरले उत्तेजना बढाउने गलत बाटो अख्तियार गरेको बताए । ‘दबाब दिएर गैर कानुनी रूपमा वन कार्यालयलाई निस्तेज पार्ने प्रयास भइरहेको छ,’ झाले भने, ‘बन्दीपुर स्थित इलाका वन कार्यालयमा तोडफोड गर्ने सरकारी कार्यालय खाली गराउने तथा कर्मचारीहरूलाई असुरक्षित बनाउने कार्य भइरहेको छ ।’

    यता सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले भने, ‘डीएफओले अधिकार क्षेत्र नाघेर वडाध्यक्षलाई थुनेकोले स्थिति बिग्रेको हो । वनलाई वन क्षेत्रको मुद्दा हेर्ने अधिकार मात्र छ । निजी जग्गाको मुद्दा नगरपालिका आफैले हेर्छ । शान्ति सुरक्षाको व्यवस्था मिलाएका छौँ । वन कार्यालयले वडाध्यक्ष पोखरेललाई तुरुन्त रिहा गर्नुपर्छ ।’ यसबारे कर्जन्हा नगरपालिकाका मेयर पोखरेलसँग बुझ्न खोज्दा उनले डिभिजन वन कार्यालय लहानमा शुक्रबार मेरो सरकारी गाडी कम्पाउन्डबाट बाहिर निकाल्न लगाइएको बताए । ‘मेयरको अपमान गरियो । हाम्रो वडाध्यक्षलाई गैर कानुनी थुनामा राखेको छ । त्यसकारण हाम्रो नगरपालिकाको जग्गामा हामी वनको कार्यालय राख्न दिन्नौँ,’ उनले भने, ‘ हामीलाई वन कार्यालय लहानको कम्पाउन्डबाट निकालेकोले हामीले पनि आफ्नो पालिकामा बस्न नदिने भनेका छौँ ।’ सडक जाम गराउनु अराजकता भयो नि भन्ने प्रश्नमा मेयर पोखरेलले वडाध्यक्ष पोखरेल थुनामुक्त नभएसम्म राजमार्ग जाम रहने बताए ।
    यसैबिच स्थानीय अभियन्ता भरत साहले भने अवैध उत्खननको आय खान पल्केका मेयरसहितका समूहहरूले वितण्डा मच्चाएर वन कार्यालयको अभियान असफल बनाउन खोजेको आरोप । चुरे तथा वन क्षेत्रको अवैध दोहन रोक्ने डिभिजन वन कार्यालय लहानको समर्थनमा जनताले छिट्टै सडक अवरुद्ध बनाउने उनले चेतावनी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑