बिओपी बरैनियाले २ लाख १ हजार बराबरको कपडा बरामद बिओपी बरैनियाले थप कडाइ गरेको अवस्थामा गयाराती को समय सशस्त्र प्रहरी बल नेपाल न १२ गण हे क्वा बाराको बिओपी बरैनियाले २ लाख १ हजार बराबरको कपडा बरामद गरेकाछन । बरैनिया बाट सशस्त्र प्रहरी नायब निरिक्षक ज्ञान बहादुर आले मगर को कमाण्डमा खटिएको टोलिले रातिको समयमा भारत बाट बिभिनन बाटो प्रयोग गरि नेपाल तर्फ ल्याउन्दै गरेका कपडा बोकेका तस्करहरुले सशस्त्र प्रहरीको टोलि देख्न साथ उक्त कपडा फाली भारत तर्फ फरार भएकाथिए । बिओपि बरैनियामा आएका थापाले असोज देखि कार्तिक २२ गते सम्म मा १२ लाख ६९ हजार ६ सय ५५ को मालसमान बरामद गरि आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय बुझाइएको ज्ञान बहादुर आले मगर जानकारी गराएका छन।