वीरगंज । मधेश प्रदेशको राजधानी क्षेत्र जनकपुरधामस्थित प्रहरीको मोटरसाईकलले ठक्कर दिएपछि दुई जना घाईते भएका छन् ।
विहिबार साँझ धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ सपहीस्थित मोटरसाईकलमा गईरहेको यात्रुलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका एक हबल्दारले चलाएको मोटरसाईकलले ठक्कर दिएपछि एक महिला गम्भिर घाईते भएकी छन् ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार, सपहीस्थित घर जाँदै गर्दा ज ६ प ४९२१ नम्बरमा सवार एक पुरुष र महिलालाई पछाडीबाट बा ६४ प ६७१६ नम्बरको प्रहरीले चलाएको मोटरसाईकलले ठक्कर दिएको थियो ।
परिवारजनका अनुसार, ६ लेनको एकतर्फी सडकमा गाडीमा गईरहेको बेला प्रहरी हबल्दारले तीब्र गतिमा चलाएको मोटरसाईकलले ठक्कर दिएपछि लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ सपही बस्ने स्थानीय जगरान देवी पँजीयारको टाउकोमा गम्भिर चोट लागेको हो । पुरुषको अवस्थामा भने समान्य रहेको जनाईएको छ । मोटरसाईकलमा ठक्कर दिएपछि जगतरान देवी पछाडी टाउको गरी झरेपछि उनको टाउकोमा गम्भिर चोट लागेको हो । यद्यपी, महिला खतराबाहिर रहेको जनाईएको छ ।
प्रहरीको अनुसार, हबल्दारले चलाएको सो मोटरसाईकल उनको व्यक्तिगत नीजि रहेको छ । उनीमाथि छानबिन प्रक्रिया अगाडी बढाएको जनाईएको छ ।