अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकाको उत्तरपूर्वी राज्य माइनका शीर्ष निर्वाचन अधिकारीले झड्का दिएका छन्।
बीबीसीका अनुसार २०२१ को क्यापिटल हिल दंगामा ट्रम्पको भूमिकाका कारण ‘संवैधानिक विद्रोह’को प्रावधानलाई उद्धृत गर्दै मेन स्टेट सेक्रेटरी अफ स्टेट शेना ली बेलोजले ट्रम्पले २०२४ को राष्ट्रपतिको चुनावमा दौडिन नसक्ने फैसला गरेका हुन्।
यस निर्णयका कारण ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रपति पदका उम्मेदवार बन्न माइन राज्यमा हुने प्राथमिक निर्वाचनमा सहभागी हुन पाउने छैनन्।यसरी उ नलाई राष्ट्रपतिको चुनावमा भाग लिन प्रतिबन्ध लगाउने कोलोराडोपछि माइन दोस्रो अमेरिकी राज्य बनेको छ।