पर्सा | राजन कुमार बानिया | पर्साको पर्सागढी नगरपालिका स्थित वडा नं ३ भेडहा खोला नजिक बाट आज बिहान ईलाका प्रहरी कार्यालय .पटेर्वा सुगौलीले पाँच वटा बालुवा लोड ट्रेक्टर पकाउ गरेकोछ। पर्सागढी नगरपालिका वडा नं ३ भेडहा खोला बाट अबैध रुपमा बालुवा उत्खनन् गरि ट्रेक्टरमा लोड गरि लगी रहे अवस्थामा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक राम राजा केशरीको निर्देशनमा खटेको टोली पक्राउ गरेका छन।
पर्सा गढी न.पा.वडा नं ३ स्थित भेडाहा खोला बाट उत्खनन् भैराखेको गोप्य सुचना को अधारमा प्रहरी चौकी मिलन चौक पर्सा बाट खटिएको टोली संयुक्त रुपमा पक्राउ गरेको प्रहरीले जनाएका छन।पक्राउ परेको बालुवा लोड ट्रेकटर ना ७ त १२९६. ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, प्र . २०३ ००१ त ४७४७ बालुवा लोड ट्रेक्टर रहेको प्रहरी ले जनाएका छन।
पक्राउ गरिएको बालुवा लोड ट्रेक्टर लाई विशेष कार्वाहीको लागि प्रहरी चौकी मिलन चौकमा राखिएको छ। कार्वाही प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएका छन।