• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लागूऔषधको भुमरीमा फस्दै मधेश : सेवनकर्ताले नशामा गर्दै एकपछि अर्को क्रूर हत्या

  • वीरगंज संजाल
  • १२ पुष २०८०, बिहीबार १३:१२
  • २३४१

    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ हनुमाननगरमा मावली घर बस्दै आएका ११ वर्षीय अदित्य ठाकुर ३० गते साँझ मधेश प्रदेशसभा नजिक मोबाइल चलाउँदै थिए । राति ८ बजेसम्म उनी घर फर्किएनन् । घरपरिवराले सोधखोज गरे । फेला नपरेपछि प्रहरीलाई जानकारी गराए । तत्कालै खोजविन गर्दैजाँदा घरभन्दा पर आदित्य रक्ताम्य र गम्भीर घाइते अवस्थामा फेला भेटिए । प्रादेशिक अस्पताल पुर्याउँदा उपचारको क्रममा आदित्य अन्तिम साँस फेरे ।
    ‘रक्ताम्य अवस्थामा भेटिएको थियो । उपचारको लागि प्रादेशिक अस्पताल भर्ना गरायौं । उपचारकै क्रममा मृत्यु भयो’ डिएसपी रञ्जन अवाले भने । घटना लगतै प्रहरीले स्थानीय २६ वर्षीय संजय साह र २४ वर्षीय बादललाई पक्राउ गरे ।
    प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आदित्यले मोबाइल हेर्न नदिएको निहुमा दुबै युवकले पर लगेर भाटा प्रहार गरी मरासन्न अवस्थामा छाडेर भागेको खुलेको छ ।
    ‘मोबाइल चलाएर बसिरहेका बालक आदित्यनिर दुबैजना पुगे । अदित्यलाई मोबाइल हेर्न देउ भन्यो । बालकले मानेनन् । त्यसै निहुमा दुबै युवकले बालकलाई समातेर केही पर लगेर बाँसको भाटा प्रहार गरे । मरासन्न अवस्थामा छाडेर भागेको वयान उनीहरुले दिएका छन्’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले सुनाए ।

    घटनाका बेला दुबैजना लागूऔषधको नशामा थिए । उनीहरु लागूऔषध सेवनकर्ता हुन् । लागूऔषधकै नशामा समान्य कुरामा बालबकको हत्या गरेको प्रहरीको निष्कर्ष छ ।
    धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्मा दुबै घटनाका अभियुक्त लागूऔषध सेवन कर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँछन् । ‘बालक र बालिका दुबै प्रकरणका आरोपी लागूऔषध सेवनकर्ता रहेको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएका छ । थप अनुसन्धान हामी गरिरहेका छौं’ उनी भन्छन् । मंसिर २७ गते साँझ धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया राखी यादव छिमेकीको मटकोर हेर्न सतोखर पोखरी पुगेकी थिइन् । मटकोर सकिएर सबै घर फर्के । तर राखी नफर्केपछि घरपरिवार रातभर सोधखोज गरे ।बिहानैदेखि तालिम प्राप्त कुकुरसहित प्रहरी र स्थानीयले खोजे । तर भेटिएन । बालिकाको हत्या भएको अनुमानसहित साँझ सतोखर पोखरी नजिकै खाल्डोमा जमेको पानीमा खोज्न दमकलेले पानी सुकाउँदा शव नग्न अवस्थामा भेटियो । ‘हामी दिनभर खोज्यौं । तर साँझसम्म नभेटेपछि खाल्डोमै शव हुन सक्ने आशंकामा सकाउने काम गर्यौं । त्यसमै बालिकाको शव फेला भेटियो’ धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवा भन्छन् ।
    बलिकाको शव हेर्दा यौनांग छियाछिया, स्तनको भागपनि काटिएको । अत्यन्त निर्दयीतापूर्वक बलात्कार गरी हत्या गरेको बुझ्न कठिन थिएन । दृश्य हेर्दै र घटना सुन्दा जो कोहीको आङ सिरिङ्ङ हुन्थ्यो र हुन्छ । बलात्कार गरी बालिकाको हत्या गरेरै शव खाल्डोमा फालेको प्रहरीको प्रारम्भक अनुसन्धानबाट देखिएको धनुषा प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा शव भेटिएकै बखत स्थानीय दुई किशोरलाई प्रहरीले पक्राउ गरेको थियो । दुबैजना १८ वर्षभन्दा तलका रहेकाले नाम खुलाउन नमिल्ने धनुषाका डिएसपी अवाको भनाइ छ ।

    यो जघन्य हत्याको मुख्य जड लागूऔषध देखिन्छ । पक्राउ परेका दुबै किशोर लागूऔषध सेवन कर्ता हुन् । एक प्रहरीका अनुसार मटकोरको बेला दुवै किशोर लागूऔषध र मादक पदार्थ सेवन गरेर मातिएका थिए । ठूलो लाउडिस्पिकरमा अत्यन्तै अभद्र अश्लिल गित बजिरहेको थियो । त्यही बेला मौका छोपी रथमा खेलिरहेकी राखीलाई दुबै किशोरले बेपत्ता बनाए । र बलात्कार गरी हत्या गरेर खाल्डोमा फालेको अन्ुन्धानमा देखिएको एक प्रहरी अधिकारीको भनाइ छ ।
    ‘नशामा आफूहरुले बालिकालाई बेपत्ता बनाएको र बलात्कार गरेर अन्त्यमा पोखरीमा फालेको दुबैजनाले बयान दिएका छन् । उनीहरु लागूऔषध सेवनकर्ता हुन् । एकजनाले यसअघि पनि अर्को अपराधको घटनामा संलग्न रहको पाइएको छ’ ती प्रहरी अधिकारीले सुनाए । बालक आदित्यकै हत्या प्रकृतिको घटना करिब २ महिना अघि मात्र जनकपुरधाममै घटेको थियो । जनकपुरधाम उपमहानगरपालिका–२३ बेला स्थित धानखेतमा कार्तिक ९ गते बिहान जनकपुरधाम– २० सोनापाडाका २४ वर्षीय रुपेश महरा मृत भेटिएका थिए । उनको हकत्या कुनै ठूलो बिबादको कारण वा योजनाबद्ध भएको थिएन । लागूऔषध सेवनपछि मोबाइल हेर्ने समान्य विवादमा साथीबाटै रुपेशको हत्या भएको धनुषा प्रहरीको निष्कर्ष थियो । हत्या अभियोगमा जनकपुरधाम–२४ सोनापाडाका २० वर्षीय पवन सहनी र हरिचन मण्डललाई पक्राउ गरेर धनुषा प्रहरीले सार्वजनिक नै गरेको थियो । तीनैजना साथी एकदिन अघि टेम्पोमा चढेर जटही हुँदै सीमापारी भारतीय बजारमा गएर लागु औषध नाइट्राभेट ट्याब्लेट किनेर सेवनगरी जनकपुर फर्केका थिए । जानकीमन्दिर अगाडी हंसराज मिठाइ पसलमा मिठाइ खाने बेला हरिचन र रुपेशबीच मोबाइलमा गीत सुन्ने विषयमा समान्य विवाद भयो । राति करिब ९ बजेतिर घर फर्किने बेला विवाद हुँदै जाँदा बाटोमा भेटिएको बाँसको भाँटाले हरिचनले रुपेशको टाउकोमा बजारे । बढी नशामा लठ्ठिएका रुपेश धान खेतमै ढले । हरिचन र पवन घरतिर हिँडेका थिए । अनि समयमै उपचार नपाएर रुपेशको मृत्यु भएको थियो ।
    ‘हरिचन र पवनले चारचारवटा र रुपेश दश वटा प्रतिवन्धित नाइट्रोभ्याट ट्याबलेट खाएर झ्याप थिए । मोबाइलको समान्यविवादमा हत्या भएको अनुसन्धानबाट खुलेको छ’ तत्कालिन धनुषाका एसपी खड्काले पत्रकार सम्मेलनमा भनेका थिए ।

    लागूऔषधकै कारणले जघन्य हत्या भएको मथिका यी तीन प्रतिनिधिमूलक घटना मात्र हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्ष २०८०।०८१ मा मात्रै धनुषामा ७ जनाको हत्या भएको छ । जसमा तीनवटा जघन्य हत्या घटनामा लागूऔषध नै प्रमुख कारक देखिएको छ ।‘लागूऔषध चेक भएको हुँदैन । पृष्टभूमि मात्र बुझिएको हुन्छ । अस्तिको बालबालिका हत्या लगायत गम्भीर प्रकृतिको अपराधमा लागूऔषधकर्ताहरु नै बढी देखिन्छन्’ धनुषाका एसपी शर्मा भन्छन् ।
    लागूऔषध समेतको कारणले मधेशमा हत्याको ग्राफ बढ्दो छ । चालु आर्थिक वर्ष २०८०।०८१ मा साउनदेखि मंसिरसम्म (पाँच महिना)मा धनुषासहित मधेश प्रदेशका ८ जिल्लामा ५७ जनाको हत्या भएको छ । प्रदेश प्रहरी कार्यालय जकपुरले उपलब्ध गराएको तथ्यांकमा अघिल्लो आर्थिक वर्ष २०७९।०८० मा १०६ जनाको हत्याभएको थियो भने अर्थिक वर्ष आर्थिक वर्ष २०७८।०७९मा ९६ जनाको हत्याभएको थियो ।
    हत्या, बलात्कार जस्ता जघन्य अपराधको मुद्दा लागूऔषध भन्दा ठूलो भएको र लागूऔषध प्रमाणित गर्ने कुरामा समस्या हुँदा तथ्यांका सो कुरा नखुलाउने गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोको तर्क छ । यधपी धेरै अपराधहरुमा लागूऔषध जोडिन गरेको उनको भनाइ छ । हत्या बाहेकका अपराधमा पनि लागूऔषध सेवनकर्ता धेरै लागूऔषध सेवनकर्ता हत्या जस्ता अपराधसम्म मात्र सिमित छैनन् । बलात्कार, चोरी, डाँका, महिला हिंसा, घरेलु हिंसा जस्ता अपराधमा समेत उनीहरुको बढी संलग्नता रहने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । ‘पछिल्लो समय फस्टाएको चोरी घटनामा ८० प्रतिशतभन्दा बढी लागूऔषध सेवनकर्ता नै रहेको देखिन्छ । २० प्रतिशत मात्र विपन्न वा गरिबीको कारण चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ’ एक अनुसन्धान अधिकृत सुनाउँछन् ।

    सर्लाहीका प्रहरी प्रमुख (एसपी) प्रविन धितालका अनुसार प्रायः लागूऔषध सेवनकर्ता २५–३० वर्ष मूनिका हुन्छन् । ‘ड्रग्समा लागेपछि अल्लारे भएर हिड्ने । अभिभावक भन्दा टाढा हुने । चोरी, झग्डा, कुटपिट, ग्यांगफाइट जस्ता अपराधिक क्रियाकलाप गर्ने गरेको पाइन्छ’ एसपी धिताल भन्छन् । धेरै सवारीदुर्घटनामा पनि लागूऔध सेवनकर्ताको पृष्टभूमि देखिने गरेको छ । ‘सडक दुर्घटनामा ज्यान गुमाउनेदेखि लिएर गम्भीर घाइते हुनेहरुको पृष्टभूमि पनि लागूऔषध सेवनकर्ता देखिने गरेको धनुषाका धनुषाका एसपी मित्रबन्धु शर्मा बताउँन् । लागूऔषधले समाजमा बहुआयामिक असर पारेको उनको भनाइ छ । ‘लागूऔषधले पहिले आफूलाई बिर्गाछ । अनि अपराधमा संलग्न हुन्छ । पैसा चाहिन्छ । त्यसपछि चोरीचकारी र अपराध तिर लाग्छन्’ उनी भन्छन् । यसले घरपरिवार र समाज नै भाँडिदै गएको छ । मधेशमा तिव्रगतिमा बढ्दै लागूऔषध सेवनकर्ता, भाँडिदै परिवार र समाज पुस १ गते दिउँसो सर्लाहीको मलंगवा नगरपालिका–८ दशगजा क्षेत्रमा बरहथवा नगरपालिका–५ का २२ वर्षीय इजरुल महमम्मद शेष मृत फेला परे । उनको मुखबाट फिज आएको थियो । शरीरमा कतै कुनै घाउखत थिएन । घटनास्थलको प्रारीम्भक अनुसन्धानबाट उनको अत्यधिक लागऔषध सेवनकै कारणले मृत्यु भएको सर्लाही प्रहरीको निष्कर्श छ । घरपरिवारले पनि उनी पहिलादेखि लागूऔषध सेवनकर्ता थिए । लागूऔषध सेवन गर्न नै उनी सीमापारी गएर फर्किरहेको बेला मृत्यु भएको परिवारजन पनि स्वीकार्छन् । ‘पहिलादेखि नै ड्रग्स सेवन गथे । अस्तिा सीमा नजिक मृत भेटियो । प्रहरीले भन्यो लागूऔषध सेवनकै कारण मृत्यु भएको छ । हामीलाई पनि त्यस्तै लाग्यो’ मृतकका दाई पर्ने मो.कमरेश साह फकिरले सुनाए । उनका अनुसार मृतक शेषको घरपरिवारको अवस्था अत्यन्त दयनीय छ । बुबा जवार शेखको गत वर्ष निधन भयो । चार भाई बहिनी छन् । आमा र बहिनी न्यून ज्यालामा स्थानीयहरुमै ज्याला मजदुरी गरेर घरको जोहो गर्छन् । कमाउने उमेर हुनै लाग्दा इजरुल लागूऔषध सेवनमा फँसे । ‘इजरुल पनि कहिले काँही ज्याला मजदुरी गर्थे । थोरै भएपनि घरपरिवरालाई राहत हुन्थ्यो । तर मृत्यु भएपछि झन् घरको बिजोग भएको छ’ दाई पर्ने कमरेश भन्छन् ।

    यो एक प्रतिनिधिमूलक घटना मात्र हो । यस्तै गरी लागूऔषधमा किशोर तथा युवाहरु पल्किदै जाँदा मधेशमा घरपरिवार भाँडिने परिवार धेरै छन् । आइतबार साँझ सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका ५ खैरबोना स्थित लहान ठाडी सडक खण्डबाट प्रतिबन्धित लागूऔषध सहित उदयपुर त्रियुगा नगरपालिका ९ सयपत्री रातोमाटेका १९ वर्षीय चुडामणी राई र वडा नं. १० का ३३ वर्षीय जीतबहादुर कटुवाल पक्राउ परे । सिरहा प्रहरीका अनुसार दुबैजनाको साथबाट खाइजोपाम ७०, फेरागन ७० र नुरफिन ७० गरी २१० एम्पुल बरामद भएको छ । लागूऔषधसहित युवकहरु पक्राउ पर्ने प्रक्रिया मधेशको दैनिकी जस्तो भइसकेको छ । परिवार र समाज तिव्र गतिमा लागूऔषधको दलदलमा फँसिरहेको मधेशमा पक्राउ पर्ने व्यक्ति र लागूऔषध बरामदको तथ्यांकले पुष्टाइरहेको छ ।
    मधेश प्रदेशमा दैनिक सर्दर ३ जना व्यक्ति लागूऔषधसहित पक्राउ पर्ने गरेका छन् । र यो क्रम निरन्तर बढिरहेको देखिन्छ । प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकमा आर्थिक वर्ष २०७७।०७८ मा लागूऔषधसहित ९ सय ९९ जना व्यक्ति पक्राउ परेका थिए । आर्थिक वर्ष २०७८।०७९ मा भने विगत वर्षका भन्दा २८४ जनाभन्दा बढी अर्थात् १ हजार २८५ जना व्यक्ति लागूऔषधसहित पक्राउ परे । आर्थिक वर्ष २०७९।०८० मा भने बढेर १ हजार ३०४ व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।अहिले चालु आर्थिक वर्षको पाँच महिनामै ४३७ जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्याम महतोले जानकारी दिए । पक्राउ परेकाहरु प्रायः ३० वर्षभन्दा मूनिको रहेका छन् ।

    उनीहरुबाट बरामद गरेको लागूऔषध गाँजा, ब्राउन सुगर, चरेस, अफिम, हिरोइन, ट्याब्लेट, बोतल र इन्जेक्सन परिमाणको तथ्यांक उतिकै ठूलो छ । चालु आर्थिक वर्षको पाँच महिनामै प्रहरीले आठवटै जिल्लाबाट २ हजार ६८३ किलो गाँजा, ४७ किलो चरेस, ८६ ग्राम र ३२७७ मिलीग्राम हिरोइन, १७ हजार २३९ ट्याबलेट, १ हजार ५३१ पीस बोतल र १४ हजार ४०५ इन्जेक्सन बरामद गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । यो अवधिमा प्रहरीले मधेश प्रदेशमा ३० विघा २ कठ्ठा अवैध गाँजा खेती नष्ट गरेको छ । सरदरमा मधेश प्रदेशमा दैनिक तीनजना लागूऔषधसहित पक्राउ पर्ने गरेको तथ्यांकले देखाउँछ । यसरी खुल्ला सीमा पारी भारतबाट लागूऔषध शरीरको विभिन्न भागमा लुकाएर, मोटरसाइकलको ट्यांकी तथा खाद्यान्नको बोराम लुकाएर ल्याउने गरिएको सर्लाहीका एसपी प्रविन धिताल बताउँछन् । यसलाई लक्षित गरी खासगरी २० उमेर समूलाई बढी मोटरसाइकलमा चेकजाँच बढाइएको उनको भनाइ छ । कुलतमा फँसेका लागूऔषध सेवकर्तालाई नै डिलरले विक्रीवितरण गर्ने माध्यम बनाउने गरेको लागूऔष नियन्त्रण क्षेत्रमा लामोसमयदेखि कार्यरत्त अजिम पाण्डे बताउँछन् । सुरुमा जब कुलतमा फँस्छन्, आमाबुबाले पैसा दिन्छन् । खान्छन् । तर पछि घरको आर्थिक अवस्था कमजोर हुँदै जाँदा आमाबुबाले पैसा दिन छाड्छन् । अनि उसले ड्रग्स खान गलत काममा, गलत बाटोमा लागेर अपराध गर्न थाल्छन् अथवा लागूऔष कारोबारी बनछन् । डिलर छुट्टै हुन्छ । अनि सेवनकर्तालाई विक्री वितरण सप्लाई गर्ने पात्र डिलरले बनाउँछ । प्रहरीले त्यस्तै सेवनकर्तालाई लागूऔषधसहित समातिरहेको हुन्छ ।’ उनी भन्छन् ।

    नियन्त्रणप्रति उदासिन सरकार लागूऔषध नियन्त्रणको क्षेत्रमा लामोसमयदेखि कार्यरत्त पुनर्जीवन नेपाल, संस्थाका प्रमुख कार्यकारी अधिकृत अजितम पाण्डेका अनुसार मधेश प्रदेशमा विभिन्न संस्थाले संचालन गरेको ३० भन्दा बढी सुधार (पुनस्र्थापना) केन्द्र छ । सुधार केन्द्रमा प्रायः आर्थिक अवस्था कमजोर भएकै घरपरिवारका मानिस हुन्छन् । २० प्रतिशत धनी र ८० प्रतिशत गरिब परिवरका हुन्छन् । ‘सबैभन्दा बढी साथीभाई कै लहैलहैमा लागेर कुलतमा फस्छन् भने कतिपय परिवारिक माहोल र केही रमाइलोका लागि लागूऔषधमा लाग्छन् । मुख्य कारणहरु यही नै हो । सुधार केन्द्रमा एमबीबीएस, इन्जिनियर लगायतलाई पनि हामीले उपचार गरेका छौं । त्यसै अशिक्षा वा शिक्षाको कारणले भन्दा पनि रोगले कसलाई कति बेला छुन्छ भन्न सकिँदैन । यो एउटा रोग हो ।’
    लागूऔषको दलदलमा तिव्रगतिमा फँसिरहँदा पनि यसप्रति राज्य र नेतृत्व उदासिन रहेको उनको गुनासो छ । ‘लागूऔषधको दलदलमा समाज फँस्दै छ । यो नियन्त्रणमा राज्यको सबभन्दा ठूलो भूमिका हुनुपर्ने हो । तर, यसप्रति राज्य, जनप्रतिनिधि, नेता, मन्त्री बेपरवाह छन् । यो नियन्त्रण गर्नुपर्छ भनेर कहिल्यै कुनै नेता वा जनप्रतिनिधिको भाषण सुन्नु हुन्न होला । यसलाई नियन्त्रण गर्न समयमै सरकार, परिवार, समाज लागायत सबै पक्ष गम्भीर भएर लाग्नुपर्छ’ उनी सुझाउँछन् ।
    उनका अनुसार २÷३ प्रतिशतलाई कुलतमा फस्ने बितिकै घरपरिवारले पुनस्थपना केन्द्रमा राख्छ भने ९७ प्रतिशले जबसम्म आमाबुबालाई पिट्दैन वा अपराधमा लाग्दैन । तबसम्म सुधार केन्द्रमा लग्दैनन् ।

    लागूऔषध सेवनकर्ताको संख्या नियन्त्रण गर्न तथा फैलिन नदिन मधेशमा प्रहरीले ‘एन्टी ड्रग क्याम्पेन’ चलाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा ४ हजार लागूऔषध सेवनकर्ताको पहिचान गरी परिवारलाई जानकारी गराएर कुलतमा फँसेकालाई मनोपरामर्श र पुनस्र्थापन गर्ने लक्ष्य अनुरुप कार्यक्रम गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतो बताउँछन् । जिल्लामा जिल्ला प्रहरी कार्यालयमातहतका प्रहरी युनिटहरुले पनि विद्यालयहरुमा गएर लागूऔषधविरुद्ध सचेतना कक्षा संचालन गर्ने गरेको छ । धनुषाका एसपी शर्माले प्रहरीको सामुदायिक शाखाले लागूऔषधविरुद्ध नियमित रुपमा विद्यालयमा पुगेर त्यस उमेर समूहका विद्यार्थीलाई लक्षित गरेर सचेतना कक्षा संचालन गरिरहेको बताए ।

    तर जुन गतिमा लागूऔषध सेवनकर्ता बढिरहेका छन्, प्रहरीले मात्रै यो अभियान चलाएर मात्र सम्भव देखिँदैन । ‘प्रहरीले मात्रै लागूऔषध नियन्त्रण गर्छ भन्ने बुझाइ नै गलत हो । अभिभावक, स्थानीय सरकार समाज सबै मिलेर मात्र लागूऔषध नियन्त्रण सम्भव छ’ प्रदेश प्रहरीका प्रवक्ता महतो भन्छन् ।

    महिला अधिकारकर्मी समेत रहेकी आधिवक्ता रेखा झा आफ्नो छोराप्रति अभिभावकको निगरानी र स्थानीय सरकारले यसप्रति चाँसो लिनुपर्ने सुझाउँछिन् ।
    ‘अभिभावकले छोराछोरीलाई पैसा नदिएर टिफिनमा खाजा दिनुपर्छ । पैसा दिँदा एकदुईदिन साथीको लहैलहैमा लागूऔषध चाख्छन् । राम्रो लागेपछि आफै कुलतमा फँस्छन् । यसले घरपरिवार मात्र होइन समाज नै बर्बाद भइरहेको छ’ उनी भन्छिन् ।
    स्थानीय सरकाले विद्यालयको वपरपारि विक्रीवितरण हुने सुर्तिजन्य पदार्थमा रोक लगाउनु पर्ने उनको तर्क छ । कक्षा ८ देखि नैतिक शिक्षा विद्यार्थीलाई दिनुपर्ने, ‘लागूऔषध के हो, कसरी यसले भविष्य र समाज कसरी विगार्छ, अपराध गराउँछ र अपराध गर्दा के परिणाम हुन्छ त्यसको कानुनी ज्ञानपनि दिन जररुरी छ । यसले नै बालबालिकादेखि उनीहरु सचेत हुन्छन्’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑