• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रधानमन्त्री प्रचण्ड गोरखा पुगेलगत्तै बिपक्षीले फैलाए भ्रामक प्रचार, वास्तविकता भने फरक

  • वीरगंज संजाल
  • १२ पुष २०८०, बिहीबार १३:०४
  • १७६९

    वीरगंज । पार्टी विशेष रुपान्तरण अभियान र आफ्नो निर्वाचन क्षेत्रका जनता तथा जनप्रतिनिधिहरुसंगको भेटघाटमा बुधबार गोरखा पुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहितको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल बन्योे ।
    नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहाल सहित नातिनी प्रतिभा (रेणु दाहालकी छोरी) र नातिनी ज्वाई बिज्ञानबाबु रेग्मीको परिवारसंग खिचिएको फोटोलाई लिएर नेपाली सेनाको हेलिकप्टर दुरुपयोग भन्दै सामाजिक सञ्जालमा बिपक्षीहरुले आलोचना गर्दै पोष्ट गरे । केही अनलाइन मिडियाहरुले प्रधानमन्त्री दाहाल सेनाको हेलिकप्टर लिएर नातिनी ज्वाईसंग घुम्न गएको भनेर समेत समाचार लेख्न भ्याए ।कतिले प्रधानमन्त्री दाहाल बिरुद्ध नकारात्मक धारणा फैलाउने षडयन्त्रका साथ भ्रमपूर्ण समाचार लेखे भने कतिपयले फोटो देखेकै आधारमा वास्तविकता नवुझी समाचार लेखे । प्रधानमन्त्री सहभागी कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका जनताहरु

    के थियो त उक्त तस्विरको बास्तविकता !!
    पार्टी अभियान विशेष रुपान्तरण अभियान अन्र्तगत सातवटै प्रदेशको एउटा एउटा वडामा पुग्ने योजना अनुरुप माओवादीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहाल गण्डकी प्रदेशमा भने बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ को वडापार्टीको समिक्षात्मक बैठक र अन्तरक्रियामा सहभागी हुन ताकुकोट पुग्नुभएको थियो । पूर्वनिधारित कार्यक्रम अनुसार नै उहाँ बुधबार विहान करिब पौने १२ बजे ताकुकोटमा पुगी वडापार्टीको बैठकमा सहभागी भएर अभियानको रिर्पोटिङ र गुनासो सुन्नुभयो । सुशासन र मितव्यायितालाई प्राथामिकता राखेर काम गर्दै आउनु भएका प्रधानमन्त्री दाहाल नेपाली सेनाको सानो एनए ०५ लिकप्टर लिएर ताकुकोट पुग्नुभएको थियो । करिब १ घण्टामा वडापार्टीको बैठक सकेर प्रधानमन्त्री दाहाल ताकुकोटमा बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको जनप्रतिनिधि तथा सरोकारवालासंग प्रधानमन्त्री कार्यक्रममा सहभागी हुनुभयो । आफ्नै निर्वाचन क्षेत्र भएकाले त्यहाँका जनप्रतिनिधि र आफ्ना निर्वाचन क्षेत्रका जनताको गुनासोलाई सम्वोधन गर्नुभयो । झण्डै डेढघण्टा जति उक्त कार्यक्रममा सहभागी भएर पूर्व निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री दाहाल सेनाको हेलिकप्टर चढेर गण्डकी गाउँपालिकाले आयोजना गरेको जनप्रतिनिधिहरुसंगको भेटघाट तथा अन्तरक्रिया र पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभयो ।

    गण्डकी गाउँपालिका जनप्रतिनिधिहरु प्रधानमन्त्री दाहाल बारपाक सुलिकोट गाउँपालिका र गण्डकी गाउँपालिकामा गरी दिनभर पाँचवटा कार्यक्रममा सहभागी भएर राजधानी फर्कने क्रममा गण्डकी गाउँपालिका–७, ज्यामिरेघाटमा आयोजित कार्यक्रमस्थल नजिकै भर्खरै विहे गरेकी नातिनी प्रतिभाको घरपर्छ । प्रतिभा र बिज्ञान दुवै जना समेत प्रधानमन्त्री दाहाल सहभागी जनतासंगको भेटघाटमा सहभागी भए । गोरखा पुगेको बेला आफन्तसँग भेट भएकै हो । ज्यामिरेघाटको कार्यक्रममा सहभागी हुन पुगेको प्रधानमन्त्री चढ्नु भएको हेलिकप्टर स्थानीयबासी शिवहरी पुडासैनीको बारीको अवतरण भयो । संयोगले कार्यक्रम स्थल भर्खरै विहे गरेकी नातिनी प्रतिभाको घरदेखि माथिल्लो घर थियो । ज्यामिरेघाटमा जनतासंगको भेटघाट कार्यक्रम सम्पन्न गरी राजधानी फर्कने क्रममा प्रतिभा र विज्ञानको परिवारले हेलिकप्टर रहेको स्थानमा पुगेर हजुरवुवा समेत रहनुभएका प्रधानमन्त्री दाहललाई विदाई गरे । हजुरबुवा कार्यक्रम सकेर फर्कनै लाग्दा पनि अन्य जनताले जस्तै प्रतिभा, उनका श्रीमान बिज्ञान र परिवारले बारीकै पुगेर बिदाई गर्दै एउटा सामुहिक फोटो खिचे र सम्झना लागि स्मरणका लागि । सोही फोटोलाई लिएर सामाजिक सञ्जालमा प्रधानमन्त्री नातिनी ज्वाई लिएर घुमघाम, हेलिकप्टर लिएर नातिनी ज्वाईको घरमा पुगे प्रधानमन्त्री जस्ता भ्रामक समाचारका हेडलाईन बनाइए ।
    प्रधानमन्त्री दाहाल नातिनी र नातिनी ज्वाई भेट्न हेलिकप्टर लिएर आएका होइनन्, कार्यक्रममा सहभागी हुन पुगेका बेला कार्यक्रम स्थल नजिकै रहेको नातिनी ज्वाईको घर परिवारसंग भेटघाट भएको हो, सोही अवसरमा फोटो खिचाउनु भएको हो ।

    गण्डकी गाउँपालिकाको ज्यामिरेघाटमा जनतासंग भेटघाट गर्नुहुँदै प्रधानमन्त्री दाहाल प्रधानमन्त्रीको पनि परिवार हुन्छ, नातागोता हुन्छ, आफन्त हुन्छ त्यसैले कार्यक्रममा सहभागी हुन जाँदा भेटिएको आफ्न्तसंग फोटो खिचाउदैमा त्यसलाई गलत अर्थ लगाएर भ्रम फिजाउन भ्रम वाहेक केही होइन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑