वीरगञ्ज । वीरगञ्जको माइस्थान मन्दिर सञ्चालक समितिको अध्यक्षमा नरेन्द्र साह चयन भएका छन् । माइस्थान सञ्चालक समितिको साधारण सभाबाट समाजसेवी एवम् नेपाली कांग्रेसका नेता समेत रहेका साहलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।
्अध्यक्षमा चयन भएसँगै साहले कुशल र ईमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
अरु कार्यसमिति केही समयमै बिस्तार गरिने अध्यक्ष साहले बताए । यसअघि समितिको अध्यक्षमा दीना गुप्ता थिए ।
उनको कार्यकाल सकिएसँगै बुधवार सम्पन्न समितिको साधारण सभाले साहलाई अध्यक्षको जिम्मेवारी दिएको हो । उनको कार्यकाल २ वर्षको हुनेछ । आफ्नो कार्यकालमा मन्दिरलाई अझै व्यवस्थीत गर्नुका साथै धार्मिक पर्यटकको आवागमनलाई बृद्धि गर्ने साहले प्रतिक्रिया दिएका छन् । साथै उनले अहिलेसम्म पनि दर्ता नभएको मन्दिर सञ्चालक समितिको विद्यानलाई दर्ता गर्ने प्रक्रियामा जाने पनि योजना रहेको बताए ।