वीरगंज । राजन कुमार बानिया । पोखरिया नगरपालिकाको वडा नं ६ सिरिसिया सेडाफिल्डमा भईरहेको टि २० पांचाै मेयर कप क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दाेस्राे सेमिफाइन खेलमा कालिकामाई गाउँपालिकाले जित हासिल गरेका छन। बिन्दवासिनी गाउँपालिकालाई हराउँदै कालिकामाई गाउँपालिकाले प्रतियाेगिताकाे फाइनलमा प्रवेश गरेको हो। पहिलो टस जितेर व्याटिङ गरेकाे बिन्दवासिनी क्रिकेट कल्बले १९.४ ओभर खेल्दै अल बिकेट गुमाउँदै १५६ रन बनाएकाे थियाे भने । त्यसपछि १५७ रनकाे लक्ष्यसहित जवाफी व्याटीङमा उत्रेकाे कालिकामाई क्रिकेट कल्बले १७.५ ओभर मै ६ बिकेटकाे नाेक्सानीमा लक्ष्य पुरा गरि जित हासिल गरेर फाईनलमा प्रवेश गरेका छन। आज को खेलको म्यान अफदी म्याच २० बलमा ४६ रन बनाएका कालिकामाई कै क्याप्टन अर्जुन शर्मा घाेषित भएका छन ।
प्रतियाेगिताकाे फाइनल खेल शनिबार कालिकामाई र पाेखरिया नगरपालिका बिच हुने आयाेजकले जनाएकाे छ । कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले जितको खुशिमा खेलाडी हरुलाई शुभकामना बधाई दिदै भने म कालिकामाई गाउँपालिकाका युवा हरुको साथमा छु। सदै युवा खेलाडी हरुको साथ र सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको हो।