वीरगंज । देशभर तापक्रम घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीले नेपालमा हाल चिसो बढ्दै गएकाले उल्लेख्य मौसमी प्रणाली नभएकाले आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभयो । हाल देशको पहाडी भूभागमा आंशिक बदली भई तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव छ। केही दिन ठूला मौसमी प्रणालीमा असर नपर्नेू, मौसमविद् पुडासैनीले भन्नुभयो । आज कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । राति पनि कोशी र गण्डकी प्रदेशका बाँकी पहाडी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
विभागको विवरण अनुसार बिहानै तराईको जनकपुर, विराटगर र भैरहवामा बाक्लो हुस्सु लागेको थियो, ”भन्ने आज काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ४ र अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ । तापक्रममा आएको गिरावटका कारण काठमाडौंमा धेरै चिसो बढेको छ ।
दिउँसो घाम लागे पनि बिहान बेलुका चिसो बढेको छ । महाशालेको अनुसार जुम्लामा सबैभन्दा कम तापक्रम माइनस २ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।