वीरगंज । आइतबार राति भएको आगलागीबाट एक घर गोठ जलेर नष्ट भएको छ । जिल्लाको आदर्श कोतवाल गाउँपालिका–८ जमुनियामा लागेको आगोले करिब १ लाखको क्षति भएको ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श चिउटाहाले जनाएको छ ।
स्थानीय शेख मोबरकको घरमा लागेको आगोले निजको घर गोठ जलेर नष्ट भएको वडाध्यक्ष हरि नारायण कुशवाहाले बताए ।
अचानक आगलागी हुँदा खपडाको एकतले गोठमा रहेका गाईको बाछो, हाँस, कुखुरा, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्रीहरू पूर्णरूपमा नष्ट भएको छ । । राति १० बजेदेखि लागेको आगो डेढ घण्टामा स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र सिम्रौनगढ नगरपालिकाको दमकलको सहयोगमा निभाइएको थियो ।