पर्सा । राजन कुमार बानिया । पर्सा को पटेर्वासुगौली गाउँपालिका वडा नं २ थरुहटी जंगल क्षेत्र बाट अाज बिहान बाघ ले अाक्रमण गरेका एक युवक को मृत अवस्था मा शव फेला परेको छ। मृत्क को पहिचान थरुहटी गाउँ निवासी बाबुलाल राउत ढागड को अन्दाजी ३२ वर्षिय छोरा मनोज राउत ढागड रहेको ईलाका बन डिभिजन कार्यालय रंगपुर का बन अधिकृत कपिलदेव यादव ले जनाए का छन।
घटना को खबर सुनेर घटना स्थल मा रंगपुर बन अधिकृत कपिलदेव यादव र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली प्रनि रामराजा केसरी को कमाण्ड मा गएको टोली ले पुगेर घटना स्थल को जानकारी दिएका अनुसार मनोज राउत ढागड अाईतबार अबेर सम्म गाउँ को नजिक काम गरिरहेको बेला साझ मा खोला तिर दिशा गर्न गएको बेला जंगल बाट अाएको बाघ ले सानो खोला नजिक बाट तीन सय मिटर भित्र लगी अाक्रमण गरि मारे को प्रहरी ले जनाए का छन।
घटना स्थल मा मृतक को टाउको ,एउटा दाहिना भाग का खुटा रहेको र १० मिटर को दुरीमा मृतक ढागड को जाकेट,मोबायल र सुर्ती को डब्बा रहेको प्रहरी ले जनाएका छन। प्रहरी ले घटना स्थल बाट मृतक का शव पोस्टमार्टम को लागि नारायणी अस्पताल बिरगंज लगने त्यारी भईरहेको छ।