• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गढीमाई नपामा हाकिम र लेखाको डकैती, ३ महिनामै होटल र मिडियालाई ७८ लाख, पौने ५ लाख भ्रमण खर्च

  • वीरगंज संजाल
  • ९ पुष २०८०, सोमबार ११:११
  • २२५३

    रौतहटको गढिमाई नगरपालिकामा व्यापक अनियमितता भएको पाइएको छ । नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको मिलेमतोमा यहाँ बम्हलुट भएको पाइएको हो ।
    नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा वडा व्यवस्थापनका लागि ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव र लेखा अधिकृत कामेश्वर सहनीले कसैलाई थाहै नदिई जनप्रतिनिधिलाई समेत छलेर सो शिर्षकको रकम अन्यत्रै भुक्तानी गरिदिएको पाइएको छ । वडा व्यवस्थापन खर्च शिर्षकबाट ७७ लाख ८२ हजार ५ सय १४ रुपैयाँ भुक्तानी भइसकेको छ । जसमध्ये एक्सट्रा भेराइटी डिपार्टमेन्ट स्टोरलाई ४ लाख ९१ हजार ९ सय १५, मेरो कार रिटेल सर्भिसलाई १ लाख ३५ हजार, शारद्धा ट्रेडिङ कन्सर्नलाई ५ लाख ७० हजार ३ सय ३२ रुपैयाँ भुक्तानी गरिएको छ ।

    यसैगरी, होटल आरोहीलाई ६ लाख २६ हजार ६ सय ६०, होटल पशुपतिलाई १२ लाख ४७ हजार ९८, सिम्रोन होटललाई ४ लाख १ हजार ३ सय ३१, होटल शिवानीलाई १ लाख ११ हजार ५ सय, होटल राजलाई ८ लाख ३२ हजार ९९ रुपैयाँ भुक्तानी गरिएको छ । यस्तै, रौतहट मिडिया प्रालिलाई ४ लाख ९२ हजार ८ सय ३० र ३ लाख १२ हजार ७ सय ५७ गरी ८ लाख ५ हजार ५ सय ८७, रौतहट एडभरटाइजिङ एजेन्सीलाई २ लाख ७५ हजार ४ सय ५६, पालिका एडभरटाइजिङ एजेन्सी एण्ड मिडिया सेन्टर प्रालिलाई २ लाख ७५ हजार ४ सय ५६, हेमा पब्लिकेशनलाई ९ लाख ४९ हजार ५ सय ६९ रुपैयाँ भुक्तानी गरिएको छ । यसैगरी, वाजिका विकास केन्द्र नेपाललाई ५ लाख ६२ हजार ४ सय ८०, राजुकुमार सहनीको नाममा ७५ हजार ९ सय ११ र सिकेन्द्र प्रसाद पटेलको नाममा १ लाख ६९ हजार २ सय ५५ रुपैयाँ भुक्तानी भएको देखिएको छ । यतिमात्र होइन, यसै आर्थिक वर्षमा कर्मचारीहरुलाई भ्रमण तथा अनुगमन शिर्षकमा १० लाख बजेट राखिएकोमा गैर कर्मचारी शिव मंगल दासको नाममा कामै नगरी भुक्तानी भइसकेको छ ।

    यो सबै भुक्तानी गत असोजमा भएको देखिएको नगरपालिकामा हालै आएका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले जानकारी दिए । सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अनुसार, कुनै पनि मालसमान खरिद गर्दा टेन्डर गर्नुपर्ने प्रावधान छ । तर, त्यसो गर्दै नगरी मनोमानी ढंगले भुक्तानी गरेर सार्वजनिक खरिद ऐन र आर्थिक कार्यविधि ऐनको गम्भीर उल्लंघन गर्ने काम भएको उनले बताए ।
    अहिले आएर यसको सोधखोज हुँदा जे कामका लागि बजेट छुट्याइएको थियो, त्यो कामै नभई त्यसमा पनि नयाँ आर्थिक वर्ष सुरु भएको तीन महिनामै त्यत्रो रकम सो शिर्षकबाट निकासा भइसकेको देख्दा सबै जनप्रतिनिधि आश्चर्यमा परेका छन् । ‘हामीसँग समेत छल गरियो, आश्चर्यमा छौं,’ नगर प्रमुख श्याम प्रसाद यादवले भने, ‘यो गैरकानुनी र दण्डनीय काम हो ।’ नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले बताए अनुसार, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखा अधिकृत सहनीले मोटो कमिसन लिई काम नभएपनि कागज मात्रै मिलाई कसैलाई थाहा नदिइकन सो भुक्तानी गरेका हुन् । उनी दुबैका पालामा भएको भ्रष्टाचार र अनियमितताको यो उदाहरण मात्रै भएको र यस्ता थुप्रै भ्रष्टाचार उनीहरुले गरेको स्थानीय बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑