बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको मालबाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकस्थित सडकखण्डबाट प्रहरी द्वारा नियन्त्रणमा लिइएको छ ।
ना. २ ख ९३५७ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो बिल बिजक संकास्पद देखिएको हुँदा उक्त नम्बरको गाडीलाई नियन्त्रण गरिएको छ ।
अन्दाजी मुल्य रू. ४५ लाख ९६ हजार १ सय ४ रुपैयाँ बराबरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।