• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ८० प्रतिशत नेपाली विदेश जान ऋण लिन्छन्, फर्किएका साढे १६ प्रतिशत बेरोजगार

  • वीरगंज संजाल
  • ६ पुष २०८०, शुक्रबार १६:५४
  • २२८१

    वीरगंज । वैदेशिक रोजगारीमा जाने ८० प्रतिशतले ऋण लिएर विदेशिने गरेको पाइएको छ । प्रवासी नेपाल समन्वय समिति र सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी, सोसल साइन्सले ‘रिटर्न, विक रिइन्टिग्रेसन, र रिमाइग्रेसन’ शीर्षकमा कामदारहरूको अवस्थाबारे गरेको अध्ययन प्रतिवेदनका अनुसार ८० प्रतिशत आप्रवासी कामदारहरू आप्रवासनका लागि ऋणमा भर पर्ने देखाएको हो ।

    ‘नेपालबाट विदेशिने क्रममा झण्डै ८० प्रतिशत आप्रवासी कामदारहरू आफ्नो आप्रवासनका लागि ऋणमा भर पर्ने गरेको देखाएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘ऋण लिएका मध्ये लगभग ५० प्रतिशतले ऋण तिर्न बाँकी रहेको देखिन्छ ।’

    बचत नहुँदा वैदेशिक रोजगारीबाट फर्केर आएका आप्रवासी श्रमिकहरु थप आर्थिक जोखिममा रहेको अध्ययनले देखाएको छ ।

    ८८ प्रतिशतले विदेशबाट कमाएको पैसाबाटै ऋण फिर्ता गर्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    सरकारले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली आप्रवासी श्रमिकले आर्जन गरेको पुँजी नेपालमै उद्यममा लगाउने नीति लिए पनि, यी तथ्यले उनीहरुको आर्थिक पहुँचको कमीलाई उजागर गर्दै फर्किएका आप्रवासीलाई उद्यमी बनाउन मुख्य चुनौती देखिएको छ ।

    त्यस्तै, ७२ प्रतिशत श्रमिक वैदेशिक रोजगारीको क्रममा बचत गर्न सक्षम नभएको देखिएको छ । गन्तव्य देशहरूमा सामना गरेको विभिन्न प्रकारका समस्याहरू जस्तै- करारपत्रसँग सम्बन्धित मुद्दा, कारावास र बेपत्ता भएका/ हराएकासँग सम्बन्धित मुद्दाहरुको कारण उनीहरुले बचत गर्न नसकेको प्रतिवेदनको निष्कर्ष छ ।

    बचत गर्न नसक्दा नेपाली आप्रवासी श्रमिकहरूले श्रम आप्रवासनबाट प्राप्त गर्नसक्ने लाभ पूर्ण रूपमा हासिल गर्ने सम्भावना कम हुने र उद्यममा लगानी गर्न नसक्ने प्रतिवेदनले देखाएको छ ।

    वैदेशिक रोजगारीबाट फर्किएका नेपाली आप्रवासी श्रमिकसँगको सर्वेक्षण तथा अन्य स्रोतको प्रयोग गरी उनीहरुको आर्थिक र मनोसामाजिक पुन: एकीकरणको अवस्था बुझ्नुका साथै पुन:वैदेशिक रोजगारीमा फर्किने योजना र त्यसको कारणहरू बुझ्ने उद्देश्यका साथ गरेको अध्ययनका लागि पिएनसीसीले सन् २०१४ देखि २०२२ सम्म दर्ता भएका २२ हजार १४८ व्यक्तिहरु मध्ये १०९ नेपाली आप्रवासी श्रमिकसँगको अन्तर्वार्ता लिएको थियो ।

    वर्षेनी ठूलो संख्यामा नेपालीहरु रोजगार र उच्च पारिश्रमिकको खोजीमा विदेशिने गरेका छन् । त्यसैगरि हरेक वर्ष ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीबाट नेपाल फर्किने पनि गरेका छन् ।

    खासगरी, कोभिड-१९ महामारी पश्चात लाखौं नेपालीहरु काम गुमाएर नेपाल फर्किएपछि उनीहरुको आर्थिक तथा मनोसामाजिक पुन:एकीकरण एक महत्त्वपूर्ण विषय भएको छ ।

    सरकारले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली आप्रवासी श्रमिकले वैदेशिक रोजगारीका क्रममा आर्जन गरेको सिप, पुँजी तथा अनुभव नेपालमै उपयोग गर्न विभिन्न आर्थिक तथा मनोसामाजिक पुन:एकीकरण कार्यक्रम संचालन गरे पनि, ती श्रमिकहरुको दिगो पुन:एकीकरणमा धेरै चुनौती र बाधा रहेको प्रतिवेदनमा औंल्याइएको छ ।

    वैदेशिक रोजगारीबाट नेपाल फर्किएका आप्रवासी कामदारमध्ये ३७.६ प्रतिशत निर्वाहमुखी कृषिमा संलग्न भएको र १६.५ प्रतिशत बेरोजगार रहेको देखिएको छ । नेपाल फिर्ता आएपछि अप्रवासी श्रमिकले उच्च लाभ हुने काम पाउन नसक्ने, नेपालको श्रम बजारमा उनीहरुको सीप र ज्ञानको मेल नहुने र उचित कामका अवसरहरूको सम्भावित अभाव देखिएको अध्ययनका क्रममा देखिएको छ ।

    त्यसैगरी, ९.२ प्रतिशत वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी श्रमिकले आफूले आर्जन गरेको सिप नेपालमा प्रयोग गर्न सकिएको बताएका थिए । लगभग ३३ प्रतिशतले विदेशमा सिकेको सीप नेपालको श्रम बजारसँग सान्दर्भिक नभएको, २० प्रतिशतले नेपाली श्रम बजार अथवा स्थानीय श्रम बजारमा समान काम उपलब्ध नभएको र ११ प्रतिशतले प्राविधिक भिन्नताहरूका कारण आफूले सिकेको सिप नेपालमा उपयोग गर्न नसकेको बताएका छन् ।

    वैदेशिक रोजगारीबाट फर्किएका नेपाली आप्रवासी श्रमिकमा केन्द्रीय, प्रदेश र स्थानीय तहले संचालन गरेका रोजगार, उद्यम तथा वित्तीय योजना तथा कार्यक्रमबारे जानकारी नभएको पाइएको रिपोर्टमा उल्लेख गरिएको छ ।

    साथै, झन्डै ५९ प्रतिशत आप्रवासी श्रमिकले सरकारद्वारा सञ्चालित वित्तीय योजनाहरूको जानकारी नभएको निष्कर्ष छ । त्यस्तै, योजना तथा कार्यक्रमहरुमा पहुँच गर्न प्रमुख बाधाहरूमा आप्रवासी कामदारहरूमा योजनाहरूको जानकारीको अभाव (७०.६ प्रतिशत) र सीमित सिटहरू (२१.१ प्रतिशत) रहेको पाइएको छ ।

    वैदेशिक रोजगारीबाट नेपाल फर्किएका आप्रवासी कामदारमध्ये धेरै कृषि र धेरै बेरोजगार रहेको देखिएकाले नेपाल फिर्ता आएपछि अप्रवासी श्रमिकले उच्च लाभ हुने काम पाउन नसक्ने, नेपालको श्रम बजारमा उनीहरुको सीप र ज्ञानको मेल नहुने र उचित कामका अवसरहरूको सम्भावित अभावलाई देखाएको छ ।

    अध्ययनका लागि अन्तर्वार्ता लिइएका वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी श्रमिक मध्ये ४४ प्रतिशत फेरि वैदेशिक रोजगारीमा जाने योजनामा रहेको पाइएको थियो ।

    विभिन्न अन्तरसम्बन्धित कारकहरूले नेपाल फर्किएका अप्रवासी श्रमिकहरुलाई फेरि वैदेशिक रोजगारीमा जान बाध्यता रहेको पाइएको छ ।

    स्थानीय श्रम बजारमा एकीकरण हुन नसकेर (५४ प्रतिशत), घरायसी खर्च धान्न अपर्याप्त घरायसी आम्दानी (८० प्रतिशत) र व्यवसायिक असफलताले (२० प्रतिशत) आप्रवासी कामदारहरूले फेरि वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ ।
    पुन:वैदेशिक रोजगारीमा जाने योजनामा रहेको आप्रवासी श्रमिकहरु मध्ये ५४ प्रतिशतले पुन:ऋण लिएर वैदेशिक रोजगारीमा जाने योजना गरेको पाइएको छ ।

    त्यसैगरी, पुन:वैदेशिक रोजगारीमा जाने योजनामा रहेको आप्रवासी श्रमिकहरु मध्ये ४६ प्रतिशतले आफूले पहिले वैदेशिक रोजगारीमा जनाको लागि लिएको ऋण तिर्न बाँकी रहेको देखिएको अध्ययनको निष्कर्ष छ । आप्रवासनमा ऋणको महत्त्वपूर्ण भूमिका र आप्रवासी श्रमिकको ऋणको चक्रमा फस्ने बढ्दो जोखिमका बारेमा यस अध्ययनले देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑