• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चिसो मौसममा पनि डेंगुको जोखिम !

  • वीरगंज संजाल
  • ६ पुष २०८०, शुक्रबार १५:१९
  • १५४९

    काठमाडौँ । नेपालमा पछिल्लो समय चिसो मौसममा पनि डेंगु संक्रमण देखिन थालेको छ । जलवायु परिवर्तन, बसाइँसराइ, कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायतका कारण चिसोमा समेत डेंगु देखिन थालेको जनस्वास्थ्यविद्ले बताएका छन् ।
    सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली प्रादेशिक अस्पतालका कार्यालय प्रमुख डा. अर्जुन भट्टका अनुसार अस्पतालमा दुई जना डेंगुका बिरामी उपचाररत छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्याङ्कले गत वर्ष यता चिसो मौसममा पनि डेंगुको रिपोर्ट शून्य नभएको देखाउँछ ।

    ‘१८ देखि २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा लामखुट्टेको वृद्धि विकास हुँदैन भन्ने छ,’ इडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले भने, ‘तर पछिल्लो समय चिसो मौसममा पनि फाट्टफुट्ट डेंगुको केस देखिन्छ ।’

    इडीसीडीको तथ्याङ्कमा मङ्सिर १५ देखि २९ गते बिचमा २ सय ९१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ । तर पछिल्लो समय योभन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय भएको पाइएको छ । यसो हुनुमा जलवायु परिवर्तन मात्रै नभइ लामखुट्टेले आफूलाई तापक्रम अनुसार बाँच्न सक्ने क्षमता विकास गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

    पहाडी र हिमाली क्षेत्रमा पनि कीटजन्य रोगका लागि उपयुक्त वातावरण बन्दै गएको डा. शरद वन्तको भनाइ छ । ‘पहिला पाँच हजार फिटको उचाइभन्दा माथि डेंगु लाग्दैन भनिन्थ्यो,’ उनले भने, ‘सो उचाइमा डेंगु सार्ने लामखुट्टेको अस्तित्व हुँदैन भन्ने गरिन्थ्यो, हाल हिमाली जिल्लामा पनि डेंगु देखिन थालेको छ ।’
    ‘पहिला सिजनमा मात्रै देखिने कतिपय रोग बिस्तारै बाह्रै महिना देखिन थालेको छ, जसमा डेंगु पनि पर्छ,’ डा. पुनले रातोपाटीसँग भने, ‘गर्मीमा मात्रै देखिने झिंगा करिब २ डिग्री सेल्सियस तापक्रममा भेटिएको छ, रोग सार्ने किराले चिसो सहन सक्ने क्षमता विकास गरेको भेटेको छु, डेंगु सार्ने लामखुट्टेले पनि आफूलाई चिसो अनुकुल बनाइसकेको छ ।’

    डेंगु सार्ने लामखुट्टे गर्मीमा बढी सक्रिय हुन्छन् । चिसो बढेसँगै डेंगुको संक्रमण केही घटे पनि निल नहुने जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन् । ‘डेंगु सार्ने भेक्टर वा सम्वाहक गर्मीमा बढी सक्रिय हुन्छन्,’ उनले भने, ‘चिसो मौसममा डेंगु हुँदै नहुने होइन तर केही कम हुन्छ ।’

    पहाडी र हिमाली क्षेत्रमा पनि कीटजन्य रोगका लागि उपयुक्त वातावरण बन्दै गएको डा. वन्तको भनाइ छ । ‘पहिला पाँच हजार फिटको उचाइभन्दा माथि डेंगु लाग्दैन भनिन्थ्यो,’ उनले भने, ‘सो उचाइमा डेंगु सार्ने लामखुट्टेको अस्तित्व हुँदैन भन्ने गरिन्थ्यो, हाल हिमाली जिल्लामा पनि डेंगु देखिन थालेको छ ।’

    गर्मीमा लामखुट्टेको टोकाइबाट जोगिन आम मानिसले बढी चासो दिए पनि चिसोमा खासै ध्यान नदिँदा डेंगुको संक्रमण हुने जोखिम बढ्ने डा. वन्तको अनुमान छ ।

    ५१ हजारभन्दा बढीमा डेंगु संक्रमण

    २०७९ पुस यता देशभर ५१ हजार २ सय ४३ जनामा डेंगु संक्रमण देखिएको छ । डेंगुका कारण २० जनाको मृत्यु भइसकेको छ । हाल देशका १६ जिल्लामा पाँच सयभन्दा बढी संख्यामा डेंगु संक्रमित छन् । सबैभन्दा बढी सुनसरीमा १६ हजार १ सय ७५ जनामा डेंगु संक्रमित छन् । त्यस्तै, तनहुँमा ७ हजार १ सय ९३, झापामा ३ हजार ८ सय २५, धादिङमा ३ हजार २ सय ३९, कास्कीमा ३ हजार ६९ डेंगु संक्रमित छन् ।

    यस्तै, मोरङमा २ हजार ३ सय २८, काठमाडौँमा २ हजार ७६, संखुवासभामा १ हजार १ सय ५५ जना संक्रमित छन् । कैलालीमा ९ सय ९४, गोरखामा ७ सय ६१ जना संक्रमित छन् । भक्तपुरमा ६ सय ३०, धनकुटामा ६ सय ५, पाँचथरमा ५ सय ६४, ललितपुरमा ५ सय ४३, बाग्लुङमा ५ सय ४० र स्याङ्जामा ५ सय २ जना डेंगु संक्रमित छन् ।

    देशका ७७ जिल्लामै डेंगु संक्रमित रहेको इडीसीडीको तथ्यांकमा उल्लेख छ ।

    डेंगु कसरी सर्छ ?

    डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । गर्मी याममा बढी सक्रिय हुने एडिस जातको लामखुट्टे पछिल्लो समय चिसोमा पनि हुन थालेको डा.पुनले बताए । एडिस जातको लामखुट्टेले संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने उनको भनाइ छ ।

    पखाला पनि डेंगुको लक्षण

    डेंगु हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरु, आँखाका गेडी र टाउको दुख्ने, शरीरमा राता बिमिराहरु आउने, वाकवाकी लाग्ने वा बान्ता हुने लक्षण विशेष रुपमा देखिए पनि पछिल्लो पटक डेंगुको लक्षणमा पखाला पनि देखिएको डा. पुनले रातोपाटीलाई बताए ।

    ‘डेंगुले ज्वरो आउनु सामान्य लक्षण भएजस्तै धरानमा डेंगु संक्रमितहरुलाई पखाला भएको पाइएको छ,’ उनले भने, ‘मौसम अनुसार होइन कि कुनै पनि रोगको केही समयपछि फरक लक्षण देखिन्छन्, त्यो अनुसन्धानको विषय पनि हो ।’

    डेंगुको संक्रमणबाट कसरी जोगिने ?

    डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् । जाडो समयमा डेंगु नलाग्ने भन्दै बेवास्ता नगर्न डा.पुनले आग्रह गरे । उनले लामखुट्टेको टोकाइबाट जोगिने उपाय नै अपनाउनु पर्ने उल्लेख गरे ।

    सावधानी अपनाउनुपर्ने विषय

    –पूरै शरीर ढाक्ने लुगा लगाउने ।

    –बिहान, दिउँसो, राति जुनसुकै बेला पनि झुल लगाएर मात्र सुत्ने ।

    –दिउँसो पनि लामखुट्टेको टोकाइबाट बच्न मलम लगाउने ।

    –घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

    –आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने ।

    –पानी भरेका भाँडाहरु जस्तै ड्रम, ट्याङ्की, बाटा, बाल्टिन, आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने ।

    –घर, विद्यालय अँध्यारो कुना काप्चा जस्तै पर्दा पछाडि, खाटमुनि, शौचालयभित्र, डेस्क, बेन्चमुनि आदि जस्ता ठाउँहरुमा कीटनाशक औषधि छर्किने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑