• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्नेभन्दा नसर्ने रोगको सिकार बन्दै नेपाली : कुल जनसंख्याको ५.२२% मा नसर्ने रोग

  • वीरगंज संजाल
  • ६ पुष २०८०, शुक्रबार १२:१७
  • १३०५

    नेपालमा नसर्ने रोगबाट प्रभावितको संख्या उच्च देखिन थालेको छ । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७९/८० मा मात्रै नसर्ने रोगका १५ लाख २१ हजार ३६ बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुगेका थिए, जुन कुल जनसंख्याको ५.२२ प्रतिशत हो । अस्वस्थ जीवनशैली र खानपान मुख्य कारक मानिने नसर्ने रोगबाट पीडितहरूको बढ्दो संख्या हेर्दा बर्सेनि अवस्था भयावह बन्दै गएको देखिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार नसर्ने रोगहरूमध्ये उच्च रक्तचापको समस्याबाट प्रभावितको संख्या सबैभन्दा धेरै छ । ०७९/८० मा ६ लाख ३० हजार दुई सय ५६ जना यसबाट प्रभावित भएका थिए ।
    दोस्रोमा मधुमेहबाट पीडित हुने धेरै देखिएका छन् । मधुमेहबाट तीन लाख १२ हजार तीन सय ४२ जना पीडित भई अस्पताल पुगेको देखिन्छ । त्यसपछि श्वासप्रश्वाससम्बन्धी समस्याबाट एक लाख ८५ हजार आठ सय ४७ जना, आज्माबाट एक लाख २९ हजार पाँच सय एकजना प्रभावित भई अस्पताल पुगेको तथ्यांकमा उल्लेख छ ।

    क्यान्सरबाट ६७ हजार तीन सय ८२ जना, कार्डियोभास्कुलरसम्बन्धी समस्याबाट १९ हजार दुई सय ६२ जना, मिर्गौलासम्बन्धी समस्याबाट २४ हजार पाँच सय ३७ जना प्रभावित भएको विभागको तथ्यांकमा उल्लेख छ ।
    यसबाहेक नौ हजार नौ सय ८४ जना रेयुम्याटिक मुटुरोगबाट, पाँच हजार पाँच सय ५१ जना स्ट्रोकबाट, पाँच हजार नौ सय २२ जना हृदयाघातबाट र सिकलसेललगायतका रगतसम्बन्धी रोगबाट ६ सय ६५ जना प्रभावित भएको विभागको तथ्यांक छ । यसै वर्ष मानसिक समस्याबाट पीडितको संख्या ५५ हजार आठ सय ५३ थियो । स्क्रिनिङ र उपचारमा न्यून पहुँच पनि समस्या बनेको छ : डा. अरुण मास्के, मुटुरोग विशेषज्ञ
    प्रदूषण, अस्वस्थ खानपान र अस्वस्थ बन्दै गएको दैनिकीका कारण विश्वभरि नै नसर्ने रोग अहिलेको मुख्य समस्या हो । तर, नेपालको सन्दर्भमा त्यसका अलावा स्क्रिनिङ र उपचारमा न्यून पहुँच पनि नसर्ने रोगबाट प्रभावित हुनेको संख्या बढ्नुको प्रमुख कारण बन्दै गएको देखिन्छ । विशेषज्ञ भन्छन्– उपचारमा न्यून पहुँचले समस्या बढाउँदै छ नसर्ने रोगको मुख्य कारक अस्वस्थकर खानपान र रहनसहन भए पनि नेपालको सन्दर्भमा स्वास्थ्य सेवामा पहुँचको कमीले अवस्था झन् भयावह बन्दै गएको मुटुरोग विशेषज्ञ डा. अरुण मास्के बताउँछन् । उनी भन्छन्, ‘ प्रदूषण, अस्वस्थ खानपान र अस्वस्थ बन्दै गएको दैनिकीका कारण विश्वभरि नै नसर्ने रोग अहिलेको मुख्य समस्या हो । तर, नेपालको सन्दर्भमा त्यसका अलावा स्क्रिनिङ र उपचारमा न्यून पहुँच पनि नसर्ने रोगबाट प्रभावित हुनेको संख्या बढ्नुको प्रमुख कारण बन्दै गएको देखिन्छ ।’ डा. मास्केका विचारमा आममानिसमा रोगप्रतिको सचेतना र परीक्षण गराउने दर बढेकाले प्रभावितहरूको संख्या पनि बढी देखिँदै आएको हुन सक्छ ।

    बाल क्यान्सर रोग चिकित्सक सुष्मा गुरुङ पनि परीक्षणको दर बढी भएकाले पनि प्रभावितको संख्या बढेको हुन सक्ने बताउँछिन् । ‘बालबालिकामा समेत क्यान्सर पत्ता लाग्ने दर बढ्दै गएको छ । अन्यको तुलनामा बालबालिकामा समयमा परीक्षण र उपचार गर्ने दरसमेत बढेकाले क्यान्सर प्रभावितको संख्या बढी देखिएको हो,’ डा. गुरुङ भन्छिन् । यसबाहेक, पछिल्लो समयमा सिकलसेल एनिमिया, थालेसेमियाजस्ता रगतसम्बन्धी समस्यासमेतका बिरामी अस्पताल पुग्ने दर बढ्न थालेको वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुर बताउँछिन् । मृत्युदर पनि उच्च विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको र त्यसको अर्को वर्ष प्रकाशित एउटा अध्ययनले नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगलाई देखाएको थियो । उक्त अध्ययन प्रतिवेदनअनुसार सन् २०१९ मा कुल एक लाख ९३ हजार तीन सय ३१ मृत्यु भएकामा २१.१ प्रतिशत मृत्यु सर्ने, मातृ तथा नवजात र पोषणसम्बन्धी रोगका कारण भएको देखिएको थियो ।
    जसमध्ये कार्डियोभास्कुलर रोगबाट २४ प्रतिशत र इस्क्यामिक हर्ट डिजिजबाट १२.३ प्रतिशत, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगबाट १६.३ रहेको पाइएको थियो ।त्यसअघि दातृ निकायकै सहयोगमा सन् २०१७ मा गरिएको त्यस्तै अध्ययनले त्यस्तो प्रतिशत ६६ रहेको देखाएको थियो । सरुवा रोगको अवस्था इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ०७९/८० मा डेंगु संक्रमणबाट ५४ हजारभन्दा बढी प्रभावित भए । सोही वर्ष झाडापखालाबाट सात लाख १७ हजार एक सय ९० र सबै खालको इन्फ्लुएन्जाबाट दुई लाख दुई हजार दुई सय ९४ जना संक्रमित भएका छन् । त्यस्तै, स्क्रब टाइफसबाट नौ हजार दुई सय ४३, मलेरियाबाट दुई सय ९० र कालाज्वरबाट दुई सय १३ जना प्रभावित भएको महाशाखाको तथ्यांक छ । सोही वर्ष कोभिड संक्रमितको भने एकिन तथ्यांक छैन । कोभिड महामारी सुरु भएयता हालसम्म देशभर ११ लाख ५७ हजार पाँच सय २२ जना संक्रमित भएकामा ०७९/८० मा संक्रमितको संख्या निकै कम छ ।

    नसर्ने रोग रोकथामका लागि सरकारले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ लागू गरेको छ । जसअन्तर्गत स्क्रिनिङ बढाउने, उपचारमा पहुँच बढाउने र निश्चित रोगको उपचारका लागि उपचार खर्च र भत्ताको समेत व्यवस्थालगायतका कार्यक्रम बढाउँदै लगेको स्वास्थ्य मन्त्रालयले जनाउँदै आएको छ । विश्वभरि नै नसर्ने रोगको भार बढ्दै नेपालमा मात्रै नभई विश्वभरि नै नसर्ने रोगबाट प्रभावितको संख्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक वर्ष ४१ मिलियन व्यक्तिको मृत्यु नसर्ने रोगको कारणले भइरहेको छ । जुन रोगबाट हुने मृत्युको झन्डै ७४ प्रतिशत हो । यसबाहेक प्रत्येक वर्ष झन्डै १७ मिलियन जनसंख्या ७० वर्षको उमेरभन्दा अर्थात् औसत आयुभन्दा पहिला मरिरहेको छ भने न्यून र मध्यम आयु भएका देशहरूमा ८६ प्रतिशत अकाल मृत्यु भइरहेको पछिल्लो तथ्यांकले देखाउँछ । अस्वस्थ जीवनशैली र उपचारको अभावमा न्यून आयु भएका देशहरू नसर्ने रोगबाट बढी प्रभावित भइरहेका छन् । डब्लुएचओको पछिल्लो एक तथ्यांकअनुसार नसर्ने रोगबाट हुने मृत्युको ७७ प्रतिशत मृत्यु कमजोर आर्थिक अवस्था भएका देशमा भइरहेको पाइएको हो । जसमध्ये सबैभन्दा बढी कार्डियोभास्कुलर अर्थात् मुटुसम्बन्धी समस्याका कारण भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑