• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ५ महिनामै पौने पाँच अर्ब रकमान्तर दुई अर्ब थप निकासा र सवा ६ अर्ब बढीको सहमति

  • वीरगंज संजाल
  • ६ पुष २०८०, शुक्रबार १२:११
  • २१७७

    सरकारले वित्तीय अनुशासन मिच्दै रकमान्तर गर्ने, थप बजेट दिने तथा विनियोजनभन्दा बढीको बजेट सहमति दिने प्रवृत्तिलाई चालू आवमा पनि दोहोर्‍याएको छ । चालू आवको पहिलो महिनाबाटै आफैँले बनाएको बजेट विनियोजनभन्दा बाहिर गएर सरकारले खर्च गरेको हो । सरकारले साउनदेखि मंसिरसम्म एउटा बजेट उपशीर्षकबाट अर्कोमा चार अर्ब ७६ करोड ३१ लाख रकमान्तर गरेको छ । त्यस्तै, अर्थ विविध शीर्षकबाट विभिन्न मन्त्रालयलाई दुई अर्ब एक करोड पाँच लाख रकमान्तर गरी थप निकासा दिएको छ । अर्थ मन्त्रायले यस अवधिमा विभिन्न आयोजना तथा खरिदका लागि विनियोजित बजेटभन्दा ६ अर्बले बढी हुने गरी आठ अर्ब ९७ करोड ४८ लाखको बजेट सहमति दिएको हो । यसबाट सरकारको बजेट अनुमान फितलो तथा बजेट अनुशासनसमेत पालना नभएको देखिएको जानकारहरू बताउँछन् । अर्थ विविध शीर्षकबाट दुई अर्ब थप निकासा सरकारले साउनदेखि मंसिर मसान्तसम्ममा अर्थ विविध शीर्षकबाट विभिन्न मन्त्रालयलाई दुई अर्ब एक करोड पाँच लाख रुपैयाँ रकमान्तर गरी थप निकासा दिएको हो । प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणदेखि क्षतिपूर्ति, मुआब्जा, अतिरिक्त कर्मचारीको तलब सुविधालगायत प्रयोजनका लागि उक्त रकम दिइएको हो ।

    यसअन्तर्गत सबैभन्दा बढी एक अर्ब आठ करोड ५७ लाख रुपैयाँ राहदानी विभागलाई विद्युतीय राहदानी खरिद गरेबापतको रकम भुक्तानी गर्ने प्रयोजनका लागि रकमान्तर निकास दिइएको हो । त्यस्तै, सुक्खा भन्सार कार्यालय पर्सालाई कार्यालयको नाममा जग्गाधनी प्रमाणपुर्जा प्राप्त भई भुक्तानी दिन बाँकी ६ बिघाको मुआब्जा दिन ५० करोड उपलब्ध गराइएको छ । त्यस्तै, १६ करोड ३९ लाख रुपैयाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई थप निकासा दिइएको हो । उक्त अतिरिक्त समूहका कर्मचारीको तलब, सुविधा तथा भत्ता र योगदानमा आधारित निवृत्तिभरण तथा उपदान कोष खर्चलगायत अनिवार्य दायित्व भुक्तानी गर्ने प्रयोजनका लागि निकासा दिइएको हो ।
    इजरायलमा हमासको आक्रमणमा मृत्यु हुनेका परिवारलाई १०–१० लाख मन्त्रालयले मन्त्रिपरिषद्को २२ असोजको निर्णयअनुसार इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका परिवारलाई १०–१० लाखका दरले सहयोग उपलब्ध गराएको छ । इजरायलको दक्षिणी भाग किबुज अलुमीमा हमास समूहको आक्रमणमा परी निधन भएका परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई एक करोड निकासा दिइएको मन्त्रालयले जनाएको छ ।

    कान्ति बाल अस्पताललाई ३० लाख रुपैयाँ रकमान्तर निकासा दिइएको छ । सर्वोच्च अदालतको आदेशबमोजिम आलोक बरालका पिता ध्रुवकुमार विश्वकर्मालाई क्षतिपूर्तिबापतको रकम भुक्तानी गर्ने प्रयोजनार्थ रकमान्तर निकासा दिएको हो ।
    एसियाली खेलकुदमा साढे १४ करोड खर्च १९औँ एसियाली खेलकुद कार्यक्रममा खर्च भएको रकम भुक्तानी गर्ने प्रयोजनका लागि राष्ट्रिय खेलकुद परिषद्लाई १४ करोड ६० लाख रुपैयाँ निकासा दिएको छ । त्यस्तै, क्रिकेट खेलाडीलाई पुरस्कार उपलब्ध गराउन एक करोड ७५ लाख ८० हजार रुपैयाँ निकासा गरिएको हो । पौने पाँच अर्ब रकमान्तर पछिल्लो ५ महिनामा सरकारले एउटा बजेट उपशीर्षकबाट अर्कोमा चार अर्ब ७६ करोड ३१ लाख रुपैयाँ रकमान्तर गरेको छ । साउन महिनामै एक उपशीर्षकबाट अर्कोमा ५१ करोड १३ लाख रुपैयाँ रकमान्तर गरिएको छ । उक्त महिनामा सबैभन्दा बढी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट रकमान्तर भएको हो । मन्त्रालयको बजेट घटाएर राष्ट्रिय सूचना प्रविधि केन्द्रको संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षणका लागि ०८० मंसिर मसान्तसम्ममा कार्य सञ्चालन गर्न ४८ करोड ५० लाख रुपैयाँ रकमान्तर गरिएको हो । भदौमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ५८ करोड ३१ लाख रकमान्तर गरेको छ । मन्त्रालयको बजेट घटाएर कृषि प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रम, बाली विकास तथा जैविक विविधता संरक्षण कार्यक्रम, खाद्य पोषण तथा प्रविधि कार्यक्रमलगायतका उपशीर्षकमा उक्त बजेट रकमान्तर गरिएको हो । भदौमै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट घटाएर औद्योगिक पूर्वाधार विकास कार्यक्रम तथा विशेष आर्थिक क्षेत्रका लािग १७ करोड २७ लाख बजेट रकमान्तर गरेको हो ।

    असोजमा ऊर्जा, भौतिक र स्वास्थ्य मन्त्रालयले एउटा उपशीर्षकको बजेट अर्कोमा रकमान्तर गरेका छन् । सबैभन्दा बढी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको बजेट घटाएर एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमका लागि एक अर्ब ९८ करोड ५३ लाख रुपैयाँ बजेट रकमान्तर गरेका हो । त्यस्तै, भौतिक पूर्वाधार मन्त्रालयले मन्त्रालयको बजेट घटाएर सडक बोर्डमा एक अर्ब रुपैयाँ रकमान्तर गरेको हो । अर्थ मन्त्रालयका अनुसार कात्तिकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ४३ करोड ९९ लाख र मंसिरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तीन करोड एउटा उपशीर्षकबाट अर्कोमा रकमान्तर भएको हो । बहुवर्षीय आयोजनालाई ६ अर्बको थप बजेट सहमति अर्थ मन्त्रालयले यस अवधिमा बहुवर्षीय ठेक्काका लागि झन्डै नौ अर्ब रुपैयाँबराबरको स्रोत सहमति दिएको छ । विभिन्न आयोजना तथा खरिदका लागि मन्त्रालयले विनियोजित बजेटभन्दा ६ अर्बले बढी हुने गरी आठ अर्ब ९७ करोड ४८ लाखको बजेट सहमति दिएको हो । अर्थले विभिन्न मन्त्रालयका आठ शीर्षकका आयोजना तथा कार्यक्रमका लागि विनियोजित दुई अर्ब ७४ करोड रुपैयाँमा अपुग हुने ६ अर्ब २३ करोड रुपैयाँ थप बजेटका लागि सहमति प्रदान गरेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्ला नुवाकोट जोडिने सडकखण्ड तीनपिप्ले–रानीपौवा सडकलाई एक अर्ब ३३ करोडको सहमति दिइएको हो । उक्त आयोजनाका लागि ४९ करोड ८९ लाख बजेट विनियोजन गरिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत कोशी करिडोरका लागि दुई अर्बको बजेट सहमति दिइएको छ । जबकि, चालू आवमा यस आयोजनाका लािग ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    त्यस्तै, रक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय काभ्रेका लागि एक अर्ब ४८ करोड थप बजेट सहमति प्रदान गरिएको छ । उक्त आयोजनाका लागि चालू आवमा ५० करोड विनियोजन गरिएको भए पनि मन्त्रालयले एक अर्ब ९८ करोडको बजेट सहमति दिएको हो । अर्थ मन्त्रालयअन्तर्गत नै त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा एक्सरे मेसिन जडानका लागि सात करोडको बजेट सहमति दिइएको छ । चालू आवमा यो शीर्षकमा बजेट विनियोजन गरिएको थिएन ।
    प्रधानमन्त्रीको भ्रमणलाई पाँच करोड, राष्ट्रपतिको उपचारलाई १० लाख राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचार खर्चका लागि नौ लाख ९६ हजार रुपैयाँ उपलब्ध गराइएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको उपचार खर्च भुक्तानी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सो रकम निकासा दिएको अर्थले जनाएको छ । प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको ७८औँ महासभा र चीनको औपचारिक भ्रमणमा सहभागी विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्च भुक्तानी गर्न रकमान्तर निकासा चार करोड ७४ लाख दुई हजार गरिएको छ । त्यस्तै, चीनको युगान प्रान्तमा आयोजित सातौँ चीन दक्षिण एक्स्पोजिसन र २७औँ चीन (कुनमिङ) आयात तथा निर्यात मेला कार्यक्रममा सहभागी हुने प्रतिनिधिमण्डलको भ्रमण खर्च भुक्तानी गर्न पाँच लाख ७५ हजार रुपैयाँ उपलब्ध गराइएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑