• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेनाको अधिकृत भर्नामा पाँच वर्षदेखि मागभन्दा न्यून उत्तीर्ण

  • वीरगंज संजाल
  • ६ पुष २०८०, शुक्रबार ११:५८
  • १४०५

    नेपाली सेनाको अधिकृत क्याडेट (सहायक सेनानी)को भर्नामा विगत पाँच वर्षदेखि मागभन्दा न्यून मात्र उत्तीर्ण हुँदै आएका छन् । यसले सेनाको अधिकृत तहमा रिक्त दरबन्दी बढ्दै गएको छ ।
    लिखित परीक्षामै न्यून उत्तीर्ण हुने र लिखितमा उत्तीर्ण भएकाहरू पनि अन्तर्वार्तालगायतका अन्य परीक्षामा अनुत्तीर्ण हुँदा मागभन्दा कम भर्ना हुने गरेका छन् । गत वर्ष सेनाले दुई सय २९ जना माग गरेकोमा दुई सय १० जना मात्र उत्तीर्ण भएका थिए । यो वर्ष पनि सेनाले दुई सय २९ जनाको विज्ञापन खुलाएर परीक्षा प्रक्रिया सुरु गरिसकेको छ । सेनाबाट प्राप्त पछिल्लो पाँच वर्षको विवरणअनुसार कुनै पनि वर्ष मागअनुसार उत्तीर्ण हुन सकेका छैनन् । ०७८ मा दुई सय २९ जना माग भएकोमा एक सय ३० जना मात्र उत्तीर्ण भए । ०७७ मा दुई सयजनाको माग गरिएको थियो, एक सय ६५ मात्रै उत्तीर्ण भए । धेरै पद रिक्त भएपछि ०७६ मा सेनाले दुईपटक भर्ना खुलाएको थियो । पहिलो चरणमा दुई सय ५० जना माग भएकोमा एक सय तथा दोस्रो चरणमा एक सय ५० को माग गरिएकोमा एक सय दुईजना मात्र उत्तीर्ण भए । त्यस्तै, ०७५ मा दुई सयजनाको माग गरिएकोमा एक सय ५५ जना भर्ना भएको सेनाको तथ्यांक छ । त्यसअघिका वर्षहरूमा पनि मागभन्दा कम पास भएका थिए ।

    सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जिटिओ, मेडिकललगायत परीक्षामा न्यूनतम प्राप्तांक ल्याउन नसक्दा धेरै फेल हुने गरेको र मागअनुसारको संख्या उत्तीर्ण नहुने गरेको बताए । यसबाट धेरै पद रिक्त हुने भएकाले स्वाभाविक रूपमा समस्या हुने गरेको उनको भनाइ छ । देशमा बेरोजगारी उच्च हुँदा पनि सेनाको भर्नामा सर्वसाधारणको आकर्षण घट्दै गएको छ । यो वर्ष दुई सय २९ जनाको मागमा तीन हजार आठ सय चारजनाको आवेदन परेको छ । गत वर्ष पनि यही हाराहारी आवेदन परेका थिए । ०७९ मा तीन हजार आठ सय ३९ र ०७८ मा पाँच हजार नौ सय पाँचजनाको आवेदन परेको थियो । सैनिक प्रवक्ता भण्डारीले दुई सय माग्दा तीन हजारभन्दा धेरै आवेदन पर्नुलाई कम भन्न नहुने बताए । तर, बेरोजगारी अवस्थाका आधारमा भने आवेदन अपेक्षाकृत नभएको उनको भनाइ छ ।

    इन्स्पेक्टरको भर्नामा पनि न्यून आवेदन नेपाल प्रहरीले यो वर्ष खुलाएको प्रहरी निरीक्षक (इन्स्पेक्टर)को भर्नामा पनि न्यून आवेदन परेको छ । ९६ जना इन्स्पेक्टरको मागमा दुई हजार सात सय ९३ मात्र आवेदन परेको छ ।
    प्रहरी सहायक निरीक्षक(असइ)मा भने उच्च आवेदन परेको छ । दुई सय ६० जनाको मागमा एक हजार नौ सय ३२ को आवेदन परेको छ । इन्स्पेक्टरको भर्नामा विगतमा पनि न्यून मात्र आवेदन पर्ने गरेको छ । गत वर्ष एक सय ४६ जनाको मागमा दुई हजार सात सय ७८ मात्र आवेदन परेको थियो । त्यसमा पनि कतिपय विभागीय (प्रहरीकै तल्ला तहका कर्मचारी) हुने गरेका छन् । प्रहरी भर्नामा आकर्षण घटेपछि नेपाल प्रहरीले दुई वर्षअघि त्यसबारे अध्ययन नै गरेको थियो । जसमा कम सेवा–सुविधा मुख्य कारण देखिएको थियो । पछिल्लो समय युवापुस्तामा बढेको विदेशमोहले पनि सुरक्षा निकायको जागिरमा आकर्षण घटेको हुन सक्ने सुरक्षा अधिकारीहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑