• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ५ लाख घुससहित पक्राउ जनप्रतिनिधिलाई पीडितले थप १४ लाख बुझाएको दाबी

  • वीरगंज संजाल
  • ५ पुष २०८०, बिहीबार १४:०७
  • १२०५

    बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष ताराबहादुर कार्की सोमबार ५ लाख घुससहित पक्राउ परे । घर बाटो सिफारिस गरिदिने प्रयोजनका लागि घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा सोही उपमहानगरपालिकाको वडा नम्बर ७ बाट पक्राउ गरेको थियो । जनप्रतिनिधि कार्कीलाई अख्तियारले पक्राउ गरेसँगै उनीबारे थप विवरण सार्वजनिक भएको छ । पीडित राजन उप्रेतीले आरोपी वडाध्यक्ष कार्कीले घुससहित पक्राउ पर्नुअघि पनि आफूबाट पटक पटक गरेर १४ लाख रुपैयाँ बुझिसकेको दाबी गरेका हुन् । उनले आफूसँग यससम्बन्धी पर्याप्त प्रमाणसमेत रहेको बताएका छन् । घर बाटो सिफारिसमा वडाध्यक्ष कार्कीले पटक पटक गरेर रकम लिएको उनको दाबी छ । स्थानीय घरजग्गा कारोबारी उप्रेतीले काठमाडौँका राणा परिवारसँग जग्गा खरिद गर्ने क्रममा घर बाटो सिफारिसका लागि वडामा निवेदन दिएका थिए । सो क्रममा वडाध्यक्ष कार्कीलाई ३ लाख ५ लाख र ६ लासहित कुल १४ लाख रुपैयाँ बुझाएको र अहिले सोही जग्गा बिक्री गर्ने क्रममा सिफारिस माग्दा वडाध्यक्षले पुनः आफूसँग १० लाख रुपैयाँ मागेको उप्रेतीको भनाइ छ ।

    रकम मागेर हैरान पारेपछि बाध्य भएर अख्तियार गुहार्नु परेको उनको भनाइ छ । ‘मैले राज्यलाई कर बुझाएर कानुन सम्मत ढंगले नम्बरी जग्गा किनबेच गर्न नपाउने भन्ने त कानुनमा छैन । तर घर बाटो सिफारिस माग्न जाँदा कहिले वडाध्यक्षको खातामा २ लाख ५ लाख, कहिले को मार्फत रकम दिइरहेको थिएँ’, उनले रातोपाटीसँग भने, ‘तर अन्तिममा एकमुष्ट १० लाख रुपैयाँ मागेपछि बाध्य भएर म आफैले अख्तियार गुहारेको हुँ । होटलको सिसी क्यामरा हेर्दा सबै प्रमाण स्पष्ट देख्न सकिन्छ ।’
    वडाध्यक्ष कार्कीले सोमबार जीतपुरस्थित एक होटलबाट उप्रेतीसँग नगद ५ लाख रकम लिएको बताइएको छ । कार्कीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएपछि उनले मन्दिर निमार्णका लागि रकम लिएको दाबी गरेका थिए । तर, केरकारका क्रममा उनले घुस नै लिएको खुलेको बताइएको छ । वडाध्यक्ष कार्कीले पटक पटक घुस रकम मागेपछि सो बारेमा आफूले उपप्रमुख भोला प्रसाद अधिकारी र बारा ४ (क) का प्रदेश सभा सदस्य देवनारायण चौधरीसमक्ष समेत गुनासो गरेपनि कुनै सुनवाइ नभएको उप्रेतीको भनाइ छ ।

    वडाध्यक्ष कार्की, उपप्रमुख अधिकारी र प्रदेश सभा सदस्य चौधरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । वडाध्यक्ष कार्की तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा स्वकीय सचिव भएर काम गरेका थिए । माओवादीबाट राजनीतिमा प्रवेश गरेका कार्की यसअघि जनजागरण मध्यवर्ती सामुदायिक वनका अध्यक्षसमेत भएका थिए । मध्यवर्ती सामुदायिक वनको अध्यक्ष हुँदा सालको काठ आफूखुसी बिक्री गरेर रकम हिनामिना गरेको आरोप समेत उनीमाथि छ । जुन विषय अहिले अख्तियारमा विचाराधीन छ ।
    स्थानीय तहमा जग्गाको किनबेच गर्दा घर बाटो सिफारिस गर्ने अधिकार वडा कार्यालयलाई मात्रै हुन्छ । सो सिफारिसमा वडाध्यक्षको हस्ताक्षर चल्दछ । घर बाटो सिफारिसमा स्थानीय कल्याणी गौतमले पनि घुस दिनुपरेको गुनासो गरेकी छन् । हरेक सिफारिसमा रकम बुझाउनुपर्ने बाध्यता रहेको बताउँदै उनले भनिन्, ‘मैले अरू वडा कार्यालयमा हत्तपत्त रकम बुझाउनु परेको छैन । तर वडा नम्बर ३ मा हरेक सिफारिसमा पैसा बुझाउनुपर्छ ।’ उनले अगाडि भनिन्, ‘बाटो नभएको खेतलाई जबरजस्ती कागजमा बाटो भएको देखाउन लगाएर बाध्य पारेर मजबुरीमा हामीले घुस रकम दिएका थियौँ, अव ढिलो भए पनि मैले त्यति बेला घुस दिएको रकम खोजी गर्छु, यस्तो गलत काम गर्ने जनप्रतिनिधिलाई कारबाही हुनुपर्छ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रमुख उमाकान्त आचार्यले वडाध्यक्ष कार्कीलाई थप अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालय टंगाल पठाइएको जानकारी दिए । वडाध्यक्ष कार्कीको विषयमा बाँकी अनुसन्धान र अभियोजनको सबै काम आयोगको केन्द्रीय कार्यालयले गर्ने उनको भनाइ छ ।
    आचार्यले भने ‘उहाँको विषयमा पुरानो उजुरीहरू छन् भने पनि एकीकृत रूपमा अनुसन्धान अगाडि बढ्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑