• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दलितले छोएको औषधि खाँदैनौँ भन्दै गाउँ निकाला गरेको खबर मित्थ्या’

  • वीरगंज संजाल
  • ३ पुष २०८०, मंगलवार १९:४५
  • १२४९

    वीरगंज | दलितले छोएको औषधि खाँदैनौँ भन्दै गाउँ निकाला गरेको खबर मित्थ्या’
    सोमबार दिन भरजसो सामाजिक सञ्जालमा एउटा समाचार र तस्बिर भाइरल बन्यो। उक्त भाइरल तस्बिर मुगुको सोरु गाउँपालिकास्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्साकुमारी विश्वकर्माको थियो। तस्बिरकाे क्याप्सनमा लेखिएको थियो ‘दलितले छोएको औषधि नखाने भन्दै स्थानीयले गाउँ निकाला गरे।’ जातीय छुवाछुतसम्बन्धी यो तस्बिरबारे बुझ्न विश्वकर्मालाई सम्पर्क गर्दा उनले आफूलाई गाउँलेहरूले निकाला नगरेको बताइन्।
    ‘गाउँलेहरूले मैले छोएको औषधि नखाने र गाउँ निकाला गरे भन्ने कुराचाहिँ गलत हो,’ विश्वकर्माले भनिन्, ‘तर, केही मान्छेले भने दलितले छोएको औषधि नखाने भनेका हुन्। यो कुरा एक–दुई महिना पहिलेकै हो।’
    उनले थपिन्, ‘मुगुमा आएपछि स्वास्थ्य चौकीनजिकै कोठा सर्ने क्रममा परिवारसँग मात्रै सो कुरा गरेकी थिएँ। मैले कहीँ–कतै मिडियामा यस्तो कुरा गरेकी थिइनँ। अहिले आएर कसले कसरी भाइरल गर्‍याे थाहा भएन। मेरो घर दाङको तुल्सीपुर हो। म मुगु आएको एक वर्ष भयो।’
    सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले उक्त घटनाबारे जानकारी पाउनेबित्तिकै आफू सोरु गाउँपालिका– ९ खनायाँगाउँ पुगेको र मंगलबार बिहान १० बजे जिल्लाका पत्रकार, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, राजनीतिक दल तथा पीडित महिलासहित जिल्ला प्रशासन कार्यालयमा छलफल गरेको बताए।
    उनका अनुसार छलफलमा पीडित भनिएकी विश्वकर्माले आफूलाई त्यस्तो कुनै दबाब नभएको, बरु साँझ केटाहरूले जिस्क्याउने गरेको बताइन्।
    उनले यति दिन बस्दा केही नभनेका घरबेटीले अहिले आएर कोठा छोड्न दबाब दिएपछि आफू दलित भएकै कारण यो दबाब बढेको हाे कि भन्ने लागेकाे सुनाइन्। तुल्साका घरबेटी स्वास्थ्य चौकी खनायाँका इन्चार्ज सुरज शाही हुन्। उनले दलित भएकी कारण उनलाई काेठा छाेड्न दबाब नदिएकाे दाबी गरे। उनले भने, ‘तुल्सा आफ्नै स्टाफ हुन्। उनलाई आफैँले आफ्नो घरको कोठा भाडामा दिएको हुँ। उनी कुन जातिको हो मलाई थाहा नहुने हुन्छ र ?’
    उनले आफ्नो परिवार ठूलो भएकाले कोठा अपुग हुँदा तुल्सालाई कोठा खाली गर्न भनेको बताए। उनी यसरी झुटो हल्ला फैलिँदा आफू छक्क परेको बताउँछन्।
    गाउँमा कोठा भाडामा नपाइएपछि अहिले तुल्सा सदरमुकाम गमगढीमा बस्दै आएकी छिन्। गमगढीबाट स्वास्थ्य चौकी खनायाँ पुग्न गाडीमा चार घन्टा लाग्छ। अझ भनेको वेला गाडी पाउन मुस्किल पर्छ। उपाध्यक्ष शाहीले तुल्सालाई गाउँमै बस्ने व्यवस्था मिलाउने बताए। पत्रकार सम्मेलनपछि प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी र डिएसपी वीरेन्द्र थापाले निवेदन आए कानुनी कारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑