वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताल नजिकैको बाइपास सडक जोड्ने बाटोलाई लायन्स मार्ग नामाकरण गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यसअघि नै गरेको प्रतिबद्धताअनुरुप आइतवार एक कार्यक्रमका बीच औपचारिक रुपमा लायन्स मार्ग नामाकरण गरिएको हो । लायन्स क्लब अफ वीरगजको स्वर्ण जयन्तीको अवसरमा लायन्स क्लब इन्टरनेशनलले लायन्स मार्ग उद्घाटन कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रमकै अवसरमा लायन्स मार्गको उद्घाटन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले लायन्स क्लबले सामाजिक क्षेत्रमा गरेका कामको सह्राना गरे । उनले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिन सुझाव दिए ।
लायन्स क्लब नेपालका मल्टिपल कोर्डिनेटर डा. रमेश कुमार अग्रवालले स्वर्ण जयन्तीका अवसरमा लायन्स क्लबले समाजप्रति अझै उत्तरदायि हुनुपर्ने बताए । ५० वर्षमा कम्तीमा ५० वटा उदाहरणीय काम हुनुपर्ने बताउँदै उनले राधा देवी मेमोरियल स्कुललाई स्तरोन्नतीका लागि आवश्यक बजेट बिनियोजन गर्न माग गरेका छन् ।
लायन अशोक कुमार बैद्यको संयोजकत्वमा भएको कार्यक्रममा महानगर प्रमुख सिंहसँगै लायन्स क्लब लायन्स क्लबका डिष्ट्रिक्ट गर्भनर डिएन अग्रवाल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, पूर्व गर्भनर डा. आरपी खेतान, क्याबिनेट सचिव बासु तिमिल्सिना, एरिया चिफ उमेश शर्मा लगायतको उपस्थिती रहेको थियो ।