वीरगञ्ज । वीरगञ्जस्थित शालोम स्कुलको प्रधानाध्यापकमा अभिजित चौधरी नियुक्त भएका छन् । स्कुल सञ्चालक समितिले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ निवासी ३८ वर्षीय चौधरीलाई प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्प्युटर विज्ञानमा बिसिए सम्मको अध्ययन गरेका चौधरी यसअघि सर्लाहीको विसडम एकेडेमीमा संस्थापकको रुपमा आवद्ध थिए । उनी शैक्षिक क्षेत्रमा १४ वर्षदेखि निरन्तर सक्रिय छन् ।
शालोम स्कुल नयाँ व्यवस्था र नयाँ नेतृत्वसँगै पृथक ढंगले सञ्चालन भइरहेको स्कुलका प्रबन्ध निर्देशक निश्चल प्रजापतीले बताए । प्रजापति पनि केही समय अघि मात्रै स्कुलको प्रबन्ध निर्देशकमा नियुक्त भएका हुन् । उनी विभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय भूमिकामा रहेका वीरगञ्जका एक आशलाग्दो युवाको रुपमा परिचित छन् ।
परम्परागत शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यक्ता औँल्याउँदै उनले खेल्दै, रमाउँदै प्रविधिको प्रयोगबाट प्रयोगात्मक तथा व्यवहारिक शिक्षा नै आजको आवश्यक्ता रहेको बताए ।