बारा । बाराको महागढीमाई वडा नम्बर ९ थलही पुलमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पचरौता वडा नम्बर ९ का २२ बर्षिय रानिवास यादब रहेका छन । पुर्व बाट पश्चिम कलैया तर्फ आउने क्रममा थलही पुलमा ठोकिएर बा ८४ प ५६४ न मोटर दुर्घटनामा परेको हो ।
तीन जना सवार मोटरसाईकलमा सवार सिम्रौनगढ वडा नम्बर ८ का शिवचन्द्र प्रसाद यादब र सिमैनगढ वडा नम्बर ४ अध्यानन्द यादब शख्त घाईते भई कलैया अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल एक आपसमा ठक्कर नखाई कसरी दुर्घटना भएको हो अनुसन्धान भईरहेको छ ।