• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ८५ क्विन्टल अन्नबाट राम–सीताको प्रतिमा : विवाह पञ्चमीमा उल्लासमय जनकपुरधाम

  • वीरगंज संजाल
  • १ पुष २०८०, आईतवार १८:३०
  • २१७३

    प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आइतबार धुमधामसँग विवाह पञ्चमी मनाइँदै छ । रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ श्रद्धालु भक्तजन आइपुगेका छन् । २६ मंसिरदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवले जनकपुरधामको वातावरण उल्लासमय बनेको छ ।
    प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमीलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ । त्रेतायुगमै भारत अयोध्याका दशरथका छोरा पुरुषोत्तम राम र राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध कायम भएको थियो । राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग पञ्चमी तिथिमा रामजानकी विवाह पञ्चमी महोत्सवको आयोजना हुने गर्दछ ।

    महोत्सवको तेस्रो दिन सीतावरणका लागि राजा जनकले राखेका शिवधनुष ताँदो चढाउने सर्तका लागि इच्छित वर सहभागी भएका दिनलाई ‘धनुष यज्ञ’ भनिने गरिएको छ । यी विधि क्रमशः गत मंगलबार, बुधबार र बिहीबार सम्पन्न भइसकेका छन् । महोत्सवको चौथो दिन तिलकोत्सव मनाइएको थियो । तिलकोत्सवलाई मैथिलीमा छेका भनिने चलन छ । विवाह हुनुअघि मिथिलामा बेहुली पक्षले बेहुला अर्थात् बरको को घरमा कोसेली (भार) लिएर जाने चलन छ । सोही परम्परालाई जानकी मन्दिरले पनि विवाहपञ्चमी महोत्सवमा निरन्तरता दिँदै आएको छ । तिलकोत्सवका लागि शुक्रबार जानकी मन्दिरका महन्त, साधुसन्त तथा नागरिक समाजका व्यक्तिहरूले दहीच्युरा, खिरपुरी, विभिन्न मिठाई, फलफूल, लत्ताकपडासहित कम्तीमा १०१ भार (कोसेली)सहित बाजागाजसहित जनकपुरधामकै राममन्दिर पुगेका थिए । त्रेतायुगमा श्रीरामले शिवधनुष ताँदो चढाउने क्रममा भाँचिएको पौराणिक मान्यताको प्रतीकात्मक मञ्चन गरिन्छ । तिलकोत्सवमा जानकी मन्दिरका छोटा महन्त रामरोशन दास सीताको बुबाको रूपमा र राममन्दिरका महन्त राम गिरी रामको बुबाको रूपमा सम्धी मिलानपछि तिलकोत्सव सम्पन्न भएको थियो ।

    महोत्सवको पाँचौँ दिन शनिबार ‘मटकोर’ विधि आयोजना गरियो । धनुषभंग भएसँगै श्रीरामसँग सीताको विवाहको टुंगो लागेको कथा सम्झँदै विवाहको पूर्वांग विधि ‘मटकोर’ आयोजना गरिएको जनकपुरस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए । महोत्सवको छैटौँ दिन सीताराम स्वयंवर र राति वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ । यसलाई ‘सीता स्वयंम्वर तथा विवाह’ भन्ने गरिएको छ । महोत्सवको अन्तिम दिन विवाह सम्पन्न गरिएको भोलिपल्ट जन्तीलाई भोजन गराई दक्षिणा दिएर बिदा गरिन्छ । यो विधिलाई ‘रामकलेवा’ भनिन्छ । जनकपुरमा धनुष यज्ञ र विवाहविधि जानकी मन्दिरपरिसरमै सम्पन्न भए पनि स्वयम्वर भने विशाल मैदान रंगभूमिमा आयोजन गरिने परम्परा छ । अन्नबाट सबैभन्दा ठूलो सीतारामको प्रतिमा जनकपुरधाममा
    अन्नबाट बनेको सीतारामको प्रतिमा ।

    यस वर्ष महोत्सवमा मुख्य आकर्षक मानिने अन्नबाट संसारकै ठूलो रामसीताको प्रतिमा बनाइएको छ । ८५ क्विन्टल अन्नको प्रयोग गरी ११ हजार ११ स्क्वायर फिटको रामसीताको प्रतिमा शुक्रबार साँझ तयार पारिएको हो । पाँच दिनदेखि प्रतिमा निर्माण कार्य स्थानीय रंगभूमि मैदान १२ बिघामा भइरहेको थियो । निर्देशक तथा कलाकार सतिशप्रसाद गुज्जरले ११ हजार ११ स्क्वायर फिटमा सीतारामको आकृति बनाउनका लागि पाँच दिन लागेको बताए ।

    धान, गहुँ, मकै, बदाम, चाना, लहरको दाल, मसुरको दाल, चामल, उरिदको दालसहितका अन्न प्रयोग गरी रामसीता, राजा जनक र लक्ष्मणको आकर्षक प्रतिमा बनाइएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । भारतको मध्यप्रदेशको हरदा जिल्लाका कुकरावदनिवासी गुज्जरको नेतृत्वको टोलीले प्रतिमा निर्माण गरेको हो । अन्नबाट निर्माण भएको ११ हजार ११ स्क्वायर फिटको यो प्रतिमाले वल्र्ड रेकर्ड राख्ने उनले बताए । यो प्रतिमाको योजनाकार जनकपुरकी विद्यार्थी गुनगुन मिश्र हुन् । उनले अन्नबाट प्रतिमा बनाएर जनकपुरधामलाई विश्वमा चिनाउनुपर्छ भनेर मेयर मनोजकुमार साह र जानकी मन्दिरका महन्तलाई सुझाएकी थिइन् ।

    सीताराम आकृति तयार भएपछि यसको दर्शनका लागि पनि निमन्त्रणा आयोजक टोलीले दिएको छ । जनकपुरधामका मेयर साहले सीतारामको आकृतिमा प्रयोग गरिएको अन्नलाई सदुपयोग गरिने बताए । एक सय दुई क्विन्टल अन्नको प्रयोग भएको जानकारी दिँदै उनले अन्नको सदुपयोग गर्न लागिपरेको बताए । ‘धार्मिकस्थलका रूपमा रहेको जनकपुरधाम सीता माताको गृहनगर रहेकाले हामीले विभिन्न संघ–संस्था तथा विभिन्न व्यक्तिहरूको सहयोग र संयोजन तथा समर्थन पाएपछि सीतारामको आकृति बनाउन अभिप्रेरित भएका हौँ, अन्नलाई कसरी प्रयोग गर्ने भन्नेमा हामी लागिपरेका छौँ,’ उनले भने । यसअघि भारतको उत्तर प्रदेशस्थित अयोध्यामा सीतारामको आकृति १० हजार आठ सय स्क्वायर फिट बनाएर विश्व रेकर्ड कायम गरेको थियो । जनकपुरधाममा निर्माण गरिएको आकृतिले भारतको रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको गुज्जरले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑