• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उखु किसान र चिनी उपभोक्ता दुवै सधैं मर्कामा

  • वीरगंज संजाल
  • २६ मंसिर २०८०, मंगलवार ०९:०६
  • २०७७

    वीरगंज | यसै पनि कम मूल्य, भुक्तानीमा पनि ढिलाइले आजित किसानले उखु खेती घटाइरहेका छन् । अर्कातिर बजारमा चिनीको भाउ भने अचाक्ली महँगो छ । चिनीमा आत्मनिर्भर बन्न उखु किसानलाई प्रोत्साहित गर्नुपर्नेमा सरकारी नीतिले भने उनीहरूलाई निरुत्साहित गरिरहेको छ ।

    किसानको पटकपटकको कष्टकर आन्दोलनपछि सरकारले भुक्तानी सिधै बैंक खातामा जम्मा गरिदिने सहमति गरेको थियो, तर अहिले पनि धेरै किसानले गत वर्षकै भुक्तानी पाएका छैनन् । यता, यो वर्ष सरकारले समर्थन मूल्य तोकिदिएको छैन, त्यसैले किसानले चिनी उद्योगले तोकेको भाउमा र उधारोमा उखु बेचिरहेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय फाइलमा मात्र अल्झिएको छ ।

    किसानले उखु काटेर उद्योगलाई बेच्ने क्रम सामान्यतया मंसिरदेखि चैतसम्म चल्छ । मंसिर बित्न लाग्दा पनि उखुको समर्थन मूल्य नतोक्नु भनेको किसानलाई हैरान बनाउनु हो । बारीमै उखु सुकेर तौल घट्ने हुनाले किसानले सरकारको निर्णय पर्खेर बस्न सक्दैनन् । त्यसैले खरिद–बिक्री सुरु हुनुअगावै सरकारले न्यूनतम मूल्य तोकिदिनुपर्ने हो, यसले उद्योगलाई पनि घाटा हुने होइन । तर कृषि तथा पशुपन्छी विकास मन्त्रालय अहिले पनि समर्थन मूल्य तोक्ने गृहकार्यमै छ, मानौं कि यो कुनै नयाँ रकेट आविष्कार गर्ने काम हो । कृषि मन्त्रालयको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहमति दिएमा मात्र मन्त्रिपरिषद्ले निर्णय गर्ने हुनाले समर्थन मूल्य तोकिन अझै केही दिन लाग्ने देखिन्छ । यो प्रक्रिया पूरा हुञ्जेलसम्म किसानले उखु बेचिसक्नुपर्नेछ । त्यसैले समर्थन मूल्य तोक्ने प्रक्रियाबाट किसान झन् ठगिएका छन् ।

    कृषि मन्त्रालयले यस पटक उखुको मूल्य प्रतिक्विन्टल ११ रुपैयाँ मात्र बढाउन उद्योगी र उत्पादकसमक्ष प्रस्ताव गरेको छ, जसमा उत्पादक किसानहरूले असन्तुष्टि व्यक्त गरिसकेका छन् । बजारमा चिनीको मूल्य एक वर्षमा २५ प्रतिशतभन्दा बढी बढेका बेला किसानको उखुको मूल्य उस्तै रहनु स्वाभाविक हुँदै होइन । चिनीका उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने र किसानले सस्तोमा उखु बेच्नुपर्ने अवस्था विडम्बनापूर्ण छ । सरकारले किसान, उद्योगी र उपभोक्ता सबैका लागि न्यायोचित हुने मूल्य तोक्नुपर्ने हो । तर किसान र उपभोक्ताप्रति सरकारी संवेदनशीलता शून्य जस्तै छ ।

    उद्योगले उखुको मूल्य कम दिने, भुक्तानीका लागि वर्षौं कुर्नुपर्ने जस्ता समस्याका कारण उखु खेतीमा किसानको विकर्षण बढ्दो छ । उता, चोरीपैठारीबाट भित्रिने चिनीको मूल्यसँग प्रतिस्पर्धा गर्नुपर्ने जोखिमका कारण उद्योगहरूले पूर्ण क्षमतामा चिनी उत्पादन गरिरहेका छैनन् । केही चिनी उद्योग त बन्द नै भइसकेका छन् । यता बजारमा भने चिनी पर्याप्त छैन । अझ, भारतले आन्तरिक बजारमा मूल्य अकासिने अनुमान गरेर गत जेठदेखि चिनी निर्यात प्रतिबन्ध लगाएको छ । यता, अरू बेला सहुलियत मूल्यमा आयात गर्ने सरकारले यस वर्ष चिनी भित्र्याउन सकेको छैन । यही मौकामा बजार भाउ ह्वात्तै बढाइएको छ । ९५ रुपैयाँ प्रतिकिलो पर्ने चिनीलाई यहीबीचमा सरकार आफैंले बिक्री मूल्य १ सय १५ रुपैयाँ निर्धारण गरिदिएको थियो । खुद्रा व्यापार संघले भने प्रतिकिलो १ सय २० रुपैयाँ मूल्य तोकेको छ । बजारमा भने उपभोक्ताले १ सय ५० रुपैयाँसम्म तिर्नुपरिरहेको छ । चिनी बजारको यस्तो मनोमानी हटाउन पनि स्वदेशी उत्पादन नै बढाउनुपर्छ । त्यसका लागि उखु किसान र उद्योग दुवैलाई प्रोत्साहन गर्नुपर्छ ।

    किसानलाई उखु खेतीमा आकर्षित गराउन सरकारले चिनी उद्योगमार्फत अनुदान दिन थालेको थियो । त्यहीअनुसार उद्योगले उखुको मूल्य र अनुदान एकमुष्ट किसानलाई दिनुपर्थ्यो तर भुक्तानी नियमित हुन नसकेपछि पछिल्लो समय सरकारले किसानको बैंक खातामा सोझै अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । किसानले सरकारबाट पनि अनुदान रकम बेलैमा पाउन सकेका छैनन् । कृषि मन्त्रालयकै तथ्यांकअनुसार गत वर्षको ५२ करोड रुपैयाँ अनुदान उखु किसानले पाउन बाँकी छ । किसानलाई निरुत्साहित पार्ने गरी यसरी सरकारले नै भुक्तानी रोक्नु गलत छ ।

    सरकारले आफ्नोतर्फबाट गर्नुपर्ने अनुदानको रकम निकासा नियमित गर्दै किसानले उद्योगबाट पनि समयमै यथोचित भुक्तानी पाउने वातावरण बनाइदिनुपर्छ । सरकारले सिँचाइ सुविधाको प्रबन्ध मिलाइदिने तथा मलखाद र बीउ सहज उपलब्ध हुने वातावरण तयार गरिदिँदा उखुको उत्पादन लागत घट्न सक्छ । त्यसले उखु खेतीतर्फ किसानको आकर्षण बढाउँछ । उखु उत्पादन बढ्दै जाँदा उद्योगहरू फस्टाउँछन् र मुलुक चिनीमा आत्मनिर्भर बन्छ । यसबाट रोजगारीका अवसर सिर्जना हुने, राजस्व बढ्नेजस्ता प्रत्यक्ष–अप्रत्यक्ष लाभ पनि हासिल हुन्छन्, जसले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन मद्दत गर्छ । साथै, चिनीको अस्वाभाविक मूल्यवृद्धिबाट आजित उपभोक्ताले समेत राहत पाउनेछन् ।यसै पनि कम मूल्य, भुक्तानीमा पनि ढिलाइले आजित किसानले उखु खेती घटाइरहेका छन् । अर्कातिर बजारमा चिनीको भाउ भने अचाक्ली महँगो छ । चिनीमा आत्मनिर्भर बन्न उखु किसानलाई प्रोत्साहित गर्नुपर्नेमा सरकारी नीतिले भने उनीहरूलाई निरुत्साहित गरिरहेको छ ।

    उखु किसान र चिनी उपभोक्ता दुवै सधैं मर्कामा
    किसानको पटकपटकको कष्टकर आन्दोलनपछि सरकारले भुक्तानी सिधै बैंक खातामा जम्मा गरिदिने सहमति गरेको थियो, तर अहिले पनि धेरै किसानले गत वर्षकै भुक्तानी पाएका छैनन् । यता, यो वर्ष सरकारले समर्थन मूल्य तोकिदिएको छैन, त्यसैले किसानले चिनी उद्योगले तोकेको भाउमा र उधारोमा उखु बेचिरहेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय फाइलमा मात्र अल्झिएको छ ।

    किसानले उखु काटेर उद्योगलाई बेच्ने क्रम सामान्यतया मंसिरदेखि चैतसम्म चल्छ । मंसिर बित्न लाग्दा पनि उखुको समर्थन मूल्य नतोक्नु भनेको किसानलाई हैरान बनाउनु हो । बारीमै उखु सुकेर तौल घट्ने हुनाले किसानले सरकारको निर्णय पर्खेर बस्न सक्दैनन् । त्यसैले खरिद–बिक्री सुरु हुनुअगावै सरकारले न्यूनतम मूल्य तोकिदिनुपर्ने हो, यसले उद्योगलाई पनि घाटा हुने होइन । तर कृषि तथा पशुपन्छी विकास मन्त्रालय अहिले पनि समर्थन मूल्य तोक्ने गृहकार्यमै छ, मानौं कि यो कुनै नयाँ रकेट आविष्कार गर्ने काम हो । कृषि मन्त्रालयको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहमति दिएमा मात्र मन्त्रिपरिषद्ले निर्णय गर्ने हुनाले समर्थन मूल्य तोकिन अझै केही दिन लाग्ने देखिन्छ । यो प्रक्रिया पूरा हुञ्जेलसम्म किसानले उखु बेचिसक्नुपर्नेछ । त्यसैले समर्थन मूल्य तोक्ने प्रक्रियाबाट किसान झन् ठगिएका छन् ।

    कृषि मन्त्रालयले यस पटक उखुको मूल्य प्रतिक्विन्टल ११ रुपैयाँ मात्र बढाउन उद्योगी र उत्पादकसमक्ष प्रस्ताव गरेको छ, जसमा उत्पादक किसानहरूले असन्तुष्टि व्यक्त गरिसकेका छन् । बजारमा चिनीको मूल्य एक वर्षमा २५ प्रतिशतभन्दा बढी बढेका बेला किसानको उखुको मूल्य उस्तै रहनु स्वाभाविक हुँदै होइन । चिनीका उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने र किसानले सस्तोमा उखु बेच्नुपर्ने अवस्था विडम्बनापूर्ण छ । सरकारले किसान, उद्योगी र उपभोक्ता सबैका लागि न्यायोचित हुने मूल्य तोक्नुपर्ने हो । तर किसान र उपभोक्ताप्रति सरकारी संवेदनशीलता शून्य जस्तै छ ।

    उद्योगले उखुको मूल्य कम दिने, भुक्तानीका लागि वर्षौं कुर्नुपर्ने जस्ता समस्याका कारण उखु खेतीमा किसानको विकर्षण बढ्दो छ । उता, चोरीपैठारीबाट भित्रिने चिनीको मूल्यसँग प्रतिस्पर्धा गर्नुपर्ने जोखिमका कारण उद्योगहरूले पूर्ण क्षमतामा चिनी उत्पादन गरिरहेका छैनन् । केही चिनी उद्योग त बन्द नै भइसकेका छन् । यता बजारमा भने चिनी पर्याप्त छैन । अझ, भारतले आन्तरिक बजारमा मूल्य अकासिने अनुमान गरेर गत जेठदेखि चिनी निर्यात प्रतिबन्ध लगाएको छ । यता, अरू बेला सहुलियत मूल्यमा आयात गर्ने सरकारले यस वर्ष चिनी भित्र्याउन सकेको छैन । यही मौकामा बजार भाउ ह्वात्तै बढाइएको छ । ९५ रुपैयाँ प्रतिकिलो पर्ने चिनीलाई यहीबीचमा सरकार आफैंले बिक्री मूल्य १ सय १५ रुपैयाँ निर्धारण गरिदिएको थियो । खुद्रा व्यापार संघले भने प्रतिकिलो १ सय २० रुपैयाँ मूल्य तोकेको छ । बजारमा भने उपभोक्ताले १ सय ५० रुपैयाँसम्म तिर्नुपरिरहेको छ । चिनी बजारको यस्तो मनोमानी हटाउन पनि स्वदेशी उत्पादन नै बढाउनुपर्छ । त्यसका लागि उखु किसान र उद्योग दुवैलाई प्रोत्साहन गर्नुपर्छ ।

    किसानलाई उखु खेतीमा आकर्षित गराउन सरकारले चिनी उद्योगमार्फत अनुदान दिन थालेको थियो । त्यहीअनुसार उद्योगले उखुको मूल्य र अनुदान एकमुष्ट किसानलाई दिनुपर्थ्यो तर भुक्तानी नियमित हुन नसकेपछि पछिल्लो समय सरकारले किसानको बैंक खातामा सोझै अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । किसानले सरकारबाट पनि अनुदान रकम बेलैमा पाउन सकेका छैनन् । कृषि मन्त्रालयकै तथ्यांकअनुसार गत वर्षको ५२ करोड रुपैयाँ अनुदान उखु किसानले पाउन बाँकी छ । किसानलाई निरुत्साहित पार्ने गरी यसरी सरकारले नै भुक्तानी रोक्नु गलत छ ।

    सरकारले आफ्नोतर्फबाट गर्नुपर्ने अनुदानको रकम निकासा नियमित गर्दै किसानले उद्योगबाट पनि समयमै यथोचित भुक्तानी पाउने वातावरण बनाइदिनुपर्छ । सरकारले सिँचाइ सुविधाको प्रबन्ध मिलाइदिने तथा मलखाद र बीउ सहज उपलब्ध हुने वातावरण तयार गरिदिँदा उखुको उत्पादन लागत घट्न सक्छ । त्यसले उखु खेतीतर्फ किसानको आकर्षण बढाउँछ । उखु उत्पादन बढ्दै जाँदा उद्योगहरू फस्टाउँछन् र मुलुक चिनीमा आत्मनिर्भर बन्छ । यसबाट रोजगारीका अवसर सिर्जना हुने, राजस्व बढ्नेजस्ता प्रत्यक्ष–अप्रत्यक्ष लाभ पनि हासिल हुन्छन्, जसले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन मद्दत गर्छ । साथै, चिनीको अस्वाभाविक मूल्यवृद्धिबाट आजित उपभोक्ताले समेत राहत पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑