जनकपुरधाम । यादव समुदायको समुदायिक सँगठन गोपाल सेवा समितिको धनुषा जिल्ला सँयोजकमा ललित यादव यदुवंशी चयन भएका छन् ।
गोपाल सेवा समितिको ३२ औँ वार्षिकोत्सवको क्रममा भएको नयाँ कार्य समिति चयनको क्रममा सोमबार ललित यादवलाई सँयोजकको जिम्मेवारी दिएको हो ।
३२ औँ वार्षिकोत्सवको अवसरमा समितिहरुको संयोजक समेत चयन गरिएकोमा धनुषा जिल्ला संयोजकमा ललित यादवलाई चयन गरिएको हो ।
यस्तै, गोपाल स्वास्थ्यकर्मी समितिका धनुषा संयोजकमा डा. रामेश यादव, गोपाल शिक्षक समिति धनुषा जिल्ला संयोजकमा सुरेश यादव र गोपाल विद्यार्थी समिति धनुषा जिल्ला संयोजकमा गौतम यादव चयन भएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादव, पूर्व मन्त्री आनन्द प्रसाद ढुंगाना, कांगे्रस मधेश प्रदेश समिति सदस्य जीवनाथ चौधरी, धनुषा निर्वाचन क्षेत्र नं. ४ का क्षेत्रीय सभापति योगनारायण यादव लगायतको विशेष उपस्थितिमा वार्षिकोत्सवसहित जिम्मेवारी समेत तोकिएको हो ।
वार्षिकोत्सवको क्रममा यदुवंशीहरुको जातीय संगठन गोपाल सेवा समितिको वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा युवाहरुलाई संगठनमा आवद्ध हुन आह्वान गरिएको छ ।
गोपाल सेवा समितिका केन्द्रीय कार्यालय जनकपुरधाममा आयोजित कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले यदुवंशीउपर ठूलो जिम्मेवारी थपिएको बताउँदै निर्वाह गर्नको लागि आग्रह गरे ।
मधेश प्रदेशमा सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीसहित मुख्य चार दलका संसदीय दलका नेता यादव समुदायबाट छन् उनले भने–प्रदेशको लागि राम्रो कार्य गरेर संघीयतालाई संस्थागत गर्ने कार्य गर्नुपर्छ । यसो गर्न नसकिए मधेश प्रदेशमा गोपालवंशीहरु कलंकित हुनुपर्ने धारणा उनको थियो ।
मधेश प्रदेशसभामा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा र जनमत पार्टीको संसदीय दलका नेता यादव समुदायबाट रहेका छन् ।
प्रदेशलाई अगाडि बढाउने कार्यमा आपूmहरु प्रतिपक्षमा भएर पनि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको पूर्व भौतिक तथा पूर्वाधार मन्त्री समेत रहेका नेता यादवले बताए ।
गोपाल सेवा समितिका केन्द्रीय कार्यवाहक अध्यक्ष बजरंग यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेता यादवले कुस्ती खेललाई सम्बद्र्धन गर्न मधेश प्रदेश सरकारसित आग्रह गरे ।
आर्थिक संकटमा रहेका मुलुकलाई सुधार गर्न यादव समुदायका अर्थशास्त्रीहरुलाई सहयोगी भूमिका निर्वाह गर्नको लागि समेत आग्रह गरे । गोपालवंशको लामो इतिहास रहेपनि अहिले इतिहास स्थापना गर्ने अवसर रहेकाले यसतर्पm केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा गोपाल सेवा समितिका पूर्व केन्द्रीय अध्यक्ष कारी यादव (सुमन) ले युवाहरुलाई संगठनमा आवद्ध हुनको लागि आह्वान गरे । अहिलेको युगमा युवाहरुले नेतृत्व गरेको संगठन तीव्र रुपमा अघि बढेको उदाहरण दिदै उनले यसतर्पm युवाहरुलाई गंभीर हुनुपर्नेमा जोड दिए ।
गोपालवंशी युवालाई प्रयोग गरेर अन्य जातीले चुनाव जित्दै आएकाले यसतर्पm पनि उनले सचेत गराए । नेतृत्व लिने बेलामा कसैको लागि प्रयोग नहुन उनले आग्रह गरे ।
राजेन्द्र यादवले संचालन गरेको कार्यक्रममा डा। रामवीर यादव, रामगोविन्द यादव, आशा यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।