• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा र पर्सामा ३० लाख क्विन्टल उखु उत्पादन भएको अनुमान

  • वीरगंज संजाल
  • २५ मंसिर २०८०, सोमबार १८:१५
  • २३५३

    बारा । सरकारले उखुको समर्थन मूल्य तोक्न ढिला गरेपछि किसानहरूले जिरो दर रेट (मूल्य तोकेपछि सोही अनुसार भुक्तानी हुने गरी)मै चिनी मिललाई उखु बिक्री गर्न थालेका छन् । उखु उत्पादक किसान संघ बारा र रिलायन्स सुगर मिल व्यवस्थापन पक्षबिच सरकारले उखुको समर्थन मूल्य नतोक्दासम्म जिरो दररेटमा उखु खरिदबिक्रीको सहमति भएको हो ।

    सोही सहमति अनुसार रिलायन्स सुगर मिलले आजदेखि उखुको क्रसिङ (मिल सञ्चालन) सुरु गरेको छ । रिलायन्स सुगर मिलका प्रशासन प्रमुख मनोहर झाले सरकारले मूल्य नतोक्दासम्म जिरो दररेटमा किसानसँग उखु खरिद गर्ने र मूल्य तोक्नासाथ भुक्तानी गर्ने सहमति भएको बताए ।

    उनले शनिबारदेखि नै मिलले किसानहरूसँग उखु खरिद सुरु गरेको जनाए । सरकारले उखुको समर्थन मूल्य तोक्न ढिला गर्दा बाध्य भएर मिललाई उखु उधारोमै बिक्री गर्नुपरेको कलैया उपमहानगर वडा नं १६ का उखु किसान इन्द्रदेव कुशवाहाले जनाए ।

    उखु किसान संघर्ष समितिका सदस्यसमेत रहेका कुशवाहाले उखुको समर्थन मूल्य नतोकेसम्म मिललाई उखु बिक्री नगर्ने भन्दै ३ दिनदेखि विरोधका कार्यक्रम गर्दै आएको बताए । उनले उखु उत्पादक किसान संघ बाराले किसानहरूलाई धोका दिएर मिलसँग मिलेमतोमा ६ बुँदे सहमति गरेको आरोप लगाए ।

    गत वर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६१० रुपैयाँ तोकेको थियो, जसमा अनुदान स्वरूप ७० रुपैयाँ र मिलले ५४० रुपैयाँ दिएको थियो ।

    उखु उत्पादक किसान संघ र रिलायन्स सुगर मिलबिच शनिबार जिरो दररेटमा उखु खरिद गरी क्रसिङ सुरु गर्ने लिखित सहमति भएको छ । सो सहमतिमा सरकारले तोकेको दररेटमा उखुको मूल्य तुरुन्त भुक्तानी गर्ने, संघीय सरकारको बाँकी रहेको अनुदानको रकम छिटोभन्दा छिटो भुक्तानी गर्ने, उखु किसानले लिएको ऋण सम्बन्धमा उखु उत्पादक संघले सहयोग गरी असुल उपर गराउने उल्लेख छ ।

    उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहाले मिल सञ्चालनमा ढिला हुँदा बाराका किसानले २ लाख क्विन्टल उखु रौतहटको बाबा सुगर मिललाई बिक्री गरिसकेको बताए । देशभर रहेका एक दर्जन सुगर मिलमध्ये अधिकांश मिलले उखुको क्रसिङ सुरु गरिसकेका छन् । तर, बारामा भने मिल सञ्चालनमा ढिला हुँदा बारीमै उखु सुक्ने र अन्य बाली लगाउन ढिलो हुने किसानहरूको गुनासो छ ।

    बारा, पर्साका किसानले गत वर्ष १९ लाख ३५ हजार क्विन्टल उखु रिलायन्स सुगर मिललाई बिक्री गरेका थिए । यस वर्ष बारा, पर्सामा ३० लाख क्विन्टल उखु उत्पादन भएको रिलायन्स सुगर मिलका प्रशासन प्रमुख झाले बताए ।

    ‘अहिले उखुको भाउ तोक्ने अधिकार न उखु उत्पादक किसान संघलाई छ, न हामीलाई, तत्कालका लागि कुनै दररेट नराखी उखु खरिद गर्ने र पछि सरकारले तोकेको मूल्य दिने सहमति भएको छ,’ झाले भने, ‘यदि कुनै उखु किसानले उखुको भुक्तानी लिन चाहनुहुन्छ भने गत वर्षको दररेटमा दिन हामी तयार छौँ, पछि बढेको मूल्य थपेर उहाँहरूले पाउनुहुन्छ ।’

    झाले आजदेखि सुरु भएको उखु क्रसिङ निरन्तर ४ महिनासम्म चल्ने बताए । गत वर्ष ९० दिन सञ्चालन भएको मिल यस वर्ष उखुको उत्पादन राम्रो भएकाले करिब १२० दिन चल्ने मिल प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑