• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अस्पतालले जिउँदैलाई मृत घोषणा गरेको आरोप

  • वीरगंज संजाल
  • २५ मंसिर २०८०, सोमबार १७:५१
  • १५५७

    विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरस्थित रहेको मेट्रो न्यूरो हस्पिटलमा मृत घोषणा गरिएका एक विरामी जिउँदै उठेको आरोप लगाएको छ । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको दाबी परिवारजनले गरेको छ ।  विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका वडा नं. ३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै उठेको दाबी परिवारजनले गरेको हो ।

    सदालाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आउनुभएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएपछि तत्काल इनरुवा अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नहुने भन्दै विराटनगरमा रहेको कोशी अस्पताल रिफर गरिएको थियो ।

    उपचारका क्रममा कोशी अस्पताल लगिएका सदाको टाउकोको तत्काल एमआरआई गर्नुपर्ने चिकित्सकले सुझाव दिएपछि सदालाई मेट्रो न्युरो अस्पतालमा भर्ना गरिएको उनकी श्रीमती सीता सदाले बताईन् ।

    शनिबार दिउँसो सो अस्पतालमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको दाबी उनकी श्रीमतिले गरेकी हुन्। उपचारका क्रममा लागेको ५० हजार रुपियाँ तिरेर शव लैजान भन्दै शवगृहमा राखिएका सदाको शव लैजान स्थानीय छिमेकी तथा आफन्तले आइतबार बिहानदेखि चन्दा रकम जुटाई अस्पताललाई तिरेर दाहसंस्कारका लागि इनरुवा ल्याइएको आफूलाई समाजसेवी भनाउने राजेन्द्र पोख्रेलले विभिन्न सँचारमाध्यममा वक्तत्व दिएका छन ।

    सदाको दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा सदा जीवित पाइएको दाबी गरिरहेका छन् । अस्पतालले मृत घोषणा गरेर घर ल्याइएका सदाको दाहसंस्कारका लागि परिवार र आफन्तजनले हरियो बाँस, कात्रो, रामनामी, तिल, जौ, अबिरलगायत टीका, चुरापोते आदि सामग्री किनमेल गरिसकेका थिए । उनको दाहसंस्कारपछि श्रीमतीले लगाउने कपडासमेत व्यवस्था गरिसकिएको बताईएको छ ।

    सबै आफन्त छरछिमेक भेला भई स्थानीय सुनसरी खोलामा दाहसंस्कारका लागि लैजान लाग्दा केही व्यक्तिले उनलाई जीवित रहेको जस्तो देखेपछि पानी र दुध खुवाएको स्थानीयले बताएका थिए । त्यसपछि सदाको स्वास्थ्य सुधार हुँदै सामान्य बन्दै गएको र घरमै राखिएको दाबी परिवारजनको छ । यता, अस्पताल प्रशासनले अस्पतालबाट कुनै प्रकारको मृत घोषणा वा मृत घोषणाको प्रमाणपत्र नदिएको दाबी गरेका छन् । मेट्रो न्यूरो हस्पिटलको अस्पताल प्रशासनले अस्पतालबाट मृत घोषणा नगरिएको तथा मृत्यूको प्रमाण पत्र जारी नगरिएको बताएको छ ।

    प्रशासनले अस्पतालबाट विरामी प्रताप सदाकी श्रीमति सीता सदाले “लामा कन्सेन्ट” अर्थात आफूखुसी विरामीलाई यस अस्पतालबाट अन्यत्र वा घर लिएर जाँदैछु भनेर मञ्जुरनामा गरेको प्रमाण दिएको छ । अस्पताल प्रशासनको अनुसार, अस्पतालमा भर्ना भएदेखि प्रतापलाई जिउँदै घर लगेसम्मको सिसिटिभी भिडियो फुटेज सुरक्षित रहेको भन्दै मानहानीको मुद्दा गर्ने बताएको छ ।

    सँस्थालाई बदनाम गर्नको लागि एक गरिब निमुखामाथि केही व्यक्तिहरुले राजनीति साधेको आरोप लगाउँदै अस्पताल प्रशासनले मृत घोषणा नै नगरेकालाई अस्पताललाई हवाला दिनु योजना तहत षडयन्त्र रहेको बताएको छ ।

    प्रताप सदाकी श्रीमति सीता सदाले आफूखुसी आफ्नो श्रीमानलाई घर लिएर जाँदैछु भनेर लामा कन्सेन्टमा हस्ताक्षर समेत गरेको देखिएको छ । सीताले अस्पतालले गराएको मन्जुरनामामा आफ्नो विरामीलाई आफ्नो मर्जीले लिएर जाने तथा सो क्रममा केही भएमा आफैँ जिम्मेवार हुने उल्लेख छ । सो मन्जुरनामाले प्रताप सदा जिउँदै रहेको प्रमाणित समेत हुन्छ ।

    विरामी प्रताप सदाकी श्रीमतिले गरेको मन्जुरनामा

    अस्पतालसँग रकम असुली गर्नको लागि वा रिसबई साध्नको लागि समेत यस्तो नाटक रचेको हुन सक्ने शंका गरिएको छ । विरामी पक्षले डेथ सर्टिफिकेट दिएको दाबी गरेपनि सार्वजनिक भने गर्न सकेका छैनन् । अस्पतालले भने सर्टिफिकेट नै जारी नगरेको दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑