इजिप्टमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान शुरु भएको छ । तेस्रो कार्यकालका लागि चुनाव लडिरहेका सिसी सन् २०१४ मा राष्ट्रपति निर्वाचित भएका थिए र २०१८ मा दोस्रो कार्यकालका लागि पनि भारी बहुमतका साथ निर्वाचित भएका थिए। अन्य तीन प्रतिस्पर्धी सोशल डेमोक्रेटिक पार्टीका फरीद जहरान हुन्, इजिप्टको अल–वाफद पार्टीको अब्देल सनद यामामा र पिपुल्स रिपब्लिकन पार्टीका उम्मेदवार हाजेम ओमर रहेका छन्।
अन्तिम नतिजा डिसेम्बर १८ मा घोषणा गर्ने तालिका छ।
विदेशमा रहेका इजिप्टका मतदाताहरूले यसअघि डिसेम्बर १ देखि डिसेम्बर ३ सम्म मतदान गरेका थिए । करिब ६७ मिलियन इजिप्टेली राष्ट्रव्यापी ९ हजार भन्दा बढी मतदान केन्द्रहरूमा मतदान गर्न योग्य छन्।